Online Nepal शुक्रबार, बैशाख २१ २०८१

खुल्यो न्यादी हाइड्रोपावरको आईपीओ

खुल्यो न्यादी हाइड्रोपावरको आईपीओ


मध्यान्तर
  • शुक्रबार, असोज १५ २०७८

  • काठमाडौँ । न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि आवेदन खुला भएको हो ।

    बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि रहेको छ । त्यसमा बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।
    लगानीकर्ताले असोजको १९ गतेसम्म आवेदन पेश मिति तोकिएको छ । सो समयसम्म माग बमोजिमको आवेदन नपरेको खण्डमा असोजको ३१ गतेसम्म आवेदन दिन पाईने छ । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई बैंक रहेको छ । जस्को प्रत्याभूतकर्तामा नागरिक लगानी कोष रहेको छ ।

    कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५० लाख रहेको छ । शेयर निष्काशन पछि चुक्ता पुँजी १ अर्ब ५० करोड पुग्ने भएको छ ।

    प्रतिक्रिया
    थप समाचार