Online Nepal मंगलबार, जेष्ठ १ २०८१
पर्यटन

पर्यटन प्रवद्र्धनमा अग्रसर यूवा रिचार्ड बञ्जरा

पर्यटन प्रवद्र्धनमा अग्रसर यूवा रिचार्ड बञ्जरा

नेपालको पर्यटन प्रवद्र्धनले देश विकासलाई समेत टेवा पुर्याउन सक्नेमा आफु विश्वस्त रहेको वताउँछन् रिचार्ड बञ्जरा


मध्यान्तर
  • बिहिबार, फाल्गुन ९ २०७५

  • काठमाण्डौ – धादिङ सल्यानकोटको कार्कीगाउँमा जन्मिएका राम प्रसाद बञ्जरा (रिचार्ड) १५ वर्षकै उमेर देखी ट्रेकिङ व्यवसायमा संलग्न यूवा हुन् । उनले हालसम्म ४०० जना भन्दा माथी पर्यटकहरुलाई पथप्रदर्शक वनेर नेपालका रमणिय दृश्यहरुको मनमोहकताको स्वाद चखाई सकेका छन् । जसमा मनास्लु पदयात्रा, अन्नपुर्ण पदयात्रा, एभरेष्ट पदयात्रा, घोरेपानी पदयात्रा लगायत दर्जनौ साहासिक र मनोरम स्थानहरु रहेका छन् ।

    पर्यटन प्रवद्र्धनकै क्रममा उनले सिंगापुर, मलेसिया, थाईल्याण्ड, ईन्डोनेसिया, वंगलादेश, भारत लगायतका देशहरुको भ्रमण गर्नुका साथै देशका विभिन्न स्थानको भ्रमण समेत गरिसकेका छन् । कलिलै उमेरमा पर्यटन व्यवसायमा सफलता मात्र उनले गरेका छैनन् साथ साथै पढाईमा पनि उनि तेजिला रहेका छन्, उनी प्रिन्सेस नेशनल कलेजमा हाल स्नातक अध्यनरत पनि रहेका छन् ।

    नेपालका वारेमा प्रशस्त नवुझि पदयात्रामा आउने पर्यटकहरुले आफ्नै देशको जस्तो सुविधा खोजिदिंदा कहिलेकाहिं यात्रामा अलि दुःख हुने वताउने बञ्जराले उनिहरुलाई नेपालको वास्तविकता वुझाउँदा र उनिहरुले नेपालको दृश्यहरुसंग रमाउँदाको खुशी व्यक्त गर्न शव्दमा कठिन हुने वताए ।

    विशेष गरेर यात्राका क्रममा पर्यटकहरुलाई हाईअल्टिच्यूटले गर्ने समस्याहरु पनि छन् तथापी उनको र उनको टिमले यात्रालाई आजसम्म रोकेको अनुभव नभएको बञ्जरा वताउँछन् । हाईअल्टिच्यूटका विमारीहरुलाई रेस्क्यू गरेर सुरक्षित स्थानमा पठाएर यात्रालाई अघि वढाउने गरेको वताउने बञ्जराले नेपालको पर्यटन प्रवद्र्धनले देश विकासलाई समेत टेवा पुर्याउन सक्नेमा आफु विश्वस्त रहेको वताउँछन् । नेपालको पर्यटन प्रवद्र्धनको लागी विश्वका विकसित देशमा गएर प्रचार प्रसार गर्नु पर्नेमा जोड दिंदै भावी दिनहरुमा आफुले पनि उक्त कार्यमा अग्रसरता दिने बञ्जराले वताए ।

    प्रतिक्रिया
    थप समाचार