Online Nepal बिहिबार, चैत्र १५ २०८०

विधि र पद्धतिको विकास गरौं

विधि र पद्धतिको विकास गरौं


मध्यान्तर
  • सोमबार, भाद्र ७ २०७८

  • नेपालमा दुई तिहाईको कम्युनिटि सरकार निर्माण भएपछि धेरै नै वितिथि र विधि विधान विपरित काम भए संसदिय व्यवाथामा गैर संसदिय अभ्यास भयो । संवैधानिक अंगहरु स्वायत्त हुनुपर्ने ठाउँमा सरकारमा केन्द्रीकुत भयो । जताततै दबाव र जालझल पुर्ण तरीकाले सरकार संचालनमा हुनु पुग्यो । त्यसको परिणम पाँचबर्ष लाई पाएको जनमत तीन बर्षमा गुम्यो । अब अहिले कागे्रसको नेतृत्वमा सरकार गठन भएकोे छ । यसलाई पुर्ण रुपमा संचालन गर्न विधि विधान र पद्धतिको विकास गर्न पर्दछ । अघिल्लो सरकारले गैरसंवैधानिक कामहरुलाई सबिधानको ट्रयकमा ल्याएर लोकतान्त्रिक पद्धतिमा सरकार संचालन हुनुपर्दछ । ओलि सरकारले खाली गुलामी र आफ्नो मान्छेलाई मात्र आफ्नोे र राम्रो देख्थ्यो र अब देउवा सरकारले त्यस्तो कुसंस्कारलाई अन्त्य गनुपर्दछ ।

    आज देशमा कोरोनाको माहामारी झन झन बढिरहेको छ यसलाई नियन्त्रण्मा चाडो गर्न सक्नुपर्दछ । अघिल्लो सरकार जस्तो खाली गफ र जोकका भरमा नियन्त्रण हुदैन । एउटा ठोस योजनाका साथमा सरकार अगाडी बढ्नुपर्दछ । केन्द्र देखि स्यानिय सरकारसम्म विधि पद्धति सबै मेटिएका छन् । त्यसलाई यो सरकारले सहि बाटोमा ल्याउनु पर्दछ । अहिले आम जनता राजनितिक दल र तिनका नेता कार्यकर्ताहरु प्रति गालि गलोमा उत्रिन थालेको छन् । ति आम जनतामा आस र भरोसालाई यो सरकारले टेवा दिन सक्नुपर्दछ ।

    अघिल्लो सरकारले जतिपनि असम्भव सपनाहरु वाँडेका थिए । त्यस्ता सपनाहरु यो सरकारले वाड्नु हुदैन । अव सरकारले सरकार संचालन गर्दा एउटा संसदिय अभ्यासमा लोक्तान्त्रीक पद्धती विधि अनुसार भयो भने सबै जनता दलले यो सरकारप्रति विश्वास जागेर आँउछ । अव राजनितिक नियुत्ति भागवन्डा गर्दा आफ्नो र पार्टिको भन्दा क्षमता योग्यताका आधारमा गनुपर्दछ । नत्र अघिल्लो सरकार जस्तै बदनाम र अपमान हुन्छ । अब सरकारले बाकि डेढ वर्षमा सबै तहको निर्वाचन सम्पन्न गरी लोकतान्त्रीक पद्धतीको विकास गनुपर्दछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार