Online Nepal शुक्रबार, बैशाख ७ २०८१

यूरोपेली संघले लगायो रूसबाट इन्धन ल्याउन प्रतिबन्ध

यूरोपेली संघले लगायो रूसबाट इन्धन ल्याउन प्रतिबन्ध


मध्यान्तर
  • शनिबार, जेष्ठ २१ २०७९

  • काठमाडौं । यूरोपेली संघ(ईयु)ले रूसबाट इन्धन ल्याउन प्रतिबन्ध लगाउने औपचारिक निर्णय गरेको छ ।

    रूसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगेपनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिबन्ध गरेर संघले दवाव दिएको हो ।

    रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्ने बारेमा लामो छलफल पछि संघले शुक्रबार मात्रै औपचारिक निर्णय गरेको जनाइएको छ ।

    यसअघि २७ देशले रुसी उच्च अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएका छन् । त्यसको जवाफमा रूसले पनि कतिपय देशका उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।

    रूसले यूक्रेनमाथि आक्रमण गरेकोमा धेरै देशले विरोध जनाएका छन् भने अधिकांश अन्तर्राष्ट्रिय निकायहरूले वार्तामार्फत् विवाद अन्त्य गर्न आग्रह गर्दैआएका छन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार