Online Nepal बिहिबार, बैशाख १३ २०८१

बनेपाको आजाद विद्यालयमा भवन नहुदा पठनपाठनमा समस्य

बनेपाको आजाद विद्यालयमा भवन नहुदा पठनपाठनमा समस्य


Arbindra Gautam
  • शुक्रबार, असोज ५ २०७५

  • असोज ।  बनेपा काठमाडौं उपत्यका बाट नजिकै रहेको काभ्रेपलान्चोक जिल्लाको बनेपामा अबस्थित आजाद माध्यमिक विद्यालय सन् २००७ सालमा स्थापना भएको विद्यालय हो । आजाद माध्यमिक विद्यालयलाई काभ्रे जिल्ला भरकै नमूना विद्यालय भन्दा फरक नपर्ला २०७२ सालमा आएको महाभुकम्पले विद्यालय लाई पुर्ण क्षेति गरायोको थियो भुकम्प पछि विद्यालयमा भवन नहुदा पठनपाठनमा निकै समस्य परेको शिक्षकहरु बताउछन् लगभग ३६० विद्यार्थी संख्या रहेको विद्यालयमा अहिले पनि अस्थायी टहरामा नियमित कक्षा सञ्चालन भईरहेको छ । प्रस्तुत छ अरबिन्द्र गौतमले विद्यालयका प्रधानाध्यापक राम नारायण श्रेष्ठसँग गरेको छोटो कुराकानी :

    विद्यालयको परिचय ?
    आजाद माध्यमिक विद्यालय काभ्रे जिल्लाको एतिहासिक विद्यालय हो । यो देशको नव पुरुष गणेशमान सिंहबाट उद्घाटन भएको थियो ।
    
    कहिले स्थापना भयो ?
    यो विद्यालय २००७ सालमा स्थापन भएको हो ।
    
    कति जना प्रधानाध्यापक हुनु भयो अहिले सम्म ?
    यस विद्यालयमा अहिलेसम्म जम्मा ११ जनाले प्रधानाध्यापकको भुमिका निभाउनु भयो ।
    
    शैक्षिक उन्नति कस्तो छ ?
    समग्रमा भन्दा काभ्रे जिल्ला भित्र रहेका विद्यालयमा सामान्य अवस्थामा रहेको छ ।
    
    सुधारको पाटा के-के समेट्नु भएको छ ?
    मुख्य गरी हामीले भौतिक सुधार विद्यालय व्यवस्थापन समिति, निर्माण समिति, सेवी,
    समाजसेवीहरुको सहयोग र सल्लाह अनुसार नै काम भइरहेको छ । निर्माण हेफाले पाँच कोठे भवन, 
    एनजीएएसआई ले बहिराहरुको लागि अर्को छुट्टै भवन निर्माण गरेको छ । भारतीय दुतावासको सहयोगमा 
    पुरानै शैलीमा १६ कोठे भवन निर्माण हुने भएको छ ।
    
    विद्यालयमा नियम अनुसारका पढाई, खेलकुद भ्रमण सम्पूर्ण भएका छन् ?
    विद्यालयको नियम अनुसार पठनपाठन र विद्यार्थीलाई नै परिचालन गरेर बालक्लव, इको क्लब सञ्चालन गर्दैका आएका छौँ 
    र हामीले पढाइलाई व्यवहार केन्द्रित बनाएका छौँ
    
    सरकारको निर्देशन कस्तो छ रु र पालना गर्नुभएको छ ?
    सरकारको कार्यविधिमा आए अनुसार र स्थानीय तह अनुसार निर्दैशन पालना गरिरहेका छौँ ।
    विशेषत स्रोतकेन्द्रको बैठक गर्दा के–के कार्यक्रम भयो के–के कार्यक्रम बाँकी छ छलफल हुन्छ 
    र त्यहि अनुसार काम भइरहेको छ ।
    
    भुकम्पको असरले कत्तिको प्रभावित पार्यो र कति समय पार्यो ?
    अहिले सम्म असर छ । भुकम्पकै कारणले एक ठाउँमा अस्थायी टहरामा पाठाइ भएको छ ।
     अस्थायी टहरामा एक ठाउँबाट अर्को ठाउँमा ध्वनी प्रदुषण हुने भएकाले पठनपाठनमा समस्या आउने गरेको छ ।
     शिक्षक र विद्यार्थीलाई विशेष असर पारेको हुनाले भौतिक अवस्थालाई सुधार्नुपर्ने देखिन्छ ।
    
    सहयोग कत्तिको आएको छ ?
    विभिन्न संघसंस्थाबाट आएको हो र अहिले पनि आएका छन् । 
    हामीले पुरानै संरचनामा भवन निर्माण होस् भन्ने आशा राखेका छौँ ।
    
    कति जनालाई वार्षिक छात्रवृत्ति दिनुभएको छ ?
    प्रत्येक संघसंस्थाले दिने गरेको छ । बनेपा साकोस, चण्डेश्वरी साकोस, 
    मितेरी छात्रवृत्ति कोषहरु गरी करिब १४ वटा संघसंस्थाले छात्रवृत्ति दिइरहनु भएको छ र नेपाल सरकारबाट
    दिइने छात्रवृत्ति पनि दिदै आइरहेका छौँ । यसमा विद्यार्थी र अभिभावक धेरै खुशी छन् ।
    
    गरिब तथा जेहेनदारको पहिचान र मूल्याङ्कन कसरी गरिराख्नु भएको छ ?
    को गरिब, जेहेन्दार कक्षा शिक्षकलाई थाहा हुने र कक्षा शिक्षकले राम्रोसँग बुझेको हुन्छन् 
    र घरदैलो कार्यक्रममा अभिभावकसँग समन्वय गरी छुट्याउने गरेका छौँ ।
    
    राजनितिक प्रभाव कतिको छ ?
    हाम्रो विद्यालयमा कुनै पनि राजनीतिको प्रभाव छैन । शिक्षकहरुसँग आ–आफ्नै राजनैतिक झुकाव होला त्यसलाई विद्यालयको गेट बाहिर नै छाडेर कक्षा प्रवेश गर्नुहुन्छ ।
    
    शिक्षाकहरूले राजनिति गरेर शैक्षिक क्षेत्रमा परेको असरको आरोपलाई कसरी सम्बोधन गर्नुहुन्छ?
    अहिले सम्म हाम्रो विद्यालयलाई राजनैतिक प्रभाव परेको छैन र पर्ने पनि छैन भन्नेमा हामी विश्वस्त छौँ ।
    
    गुणस्तर वृद्धिमा कस्ता कार्यक्रमहरु ल्याउनु भएको छ?
    हामीले विभिन्न कार्यक्रमहरु बनाएका छौँ । शैक्षिक गुणस्तरसँग सम्बन्धित भएर चैत्रबाट कार्यक्रम अगाडी बढाउने छौँ ।
    
    नयाँ लक्ष्य के-कस्ता छन् ?
    शिक्षकहरु नै परिचालन गर्ने आईसीटी बनाएर प्राप्त भएको जुन इक्युप्मेन्टलाई प्रयोग गर्ने र बाहिरका 
    स्रोत शिक्षकहरुलाई पनि ल्याएर अध्ययन अध्यापन गराउने काम गरिरहेका छौँ र शिक्षकहरु आफैँमा जागरुक हुनु भएको छ ।
    
    कतिको गाह्रो छरु शैक्षिक संस्था सञ्चालन गर्न सामुदायिक वा व्यक्तिगत?
    गाह्रो माने गाह्रो नै हुन्छ सजिलो माने सजिलो नै हुन्छ । वास्तवमा मलाई शिक्षकहरुको 
    साथ सहयोगले गर्दा सजिलो नै महशुस भएको छ।
    
    पारिश्रमिक पुग्छ ?
    एक त कम पारिश्रमीक लिनेहरु धेरै छन् विद्यालयमा निजी स्रोतका शिक्षक, बाल शिक्षक र कार्यालय सहयोगीहरुलाई
    पारिश्रमिक पुग्दैन । यस समस्यालाई विद्यालयको तहबाट सम्बन्धित निमायमा पुगोस् भन्ने आशा राखेको छु ।
    
    मुख्य समस्याहरू के के हुन् ?
    मुख्य गरी त भौतिक समस्या नै छ । विभिन्न ठाउँका विभिन्न अभिभावक विद्यार्थीहरु आउने भएकाले सन्तुलित 
    र अनुशाशित गराउन गाह्रो छ ।
    
    अन्तमा केही भनाईहरू राखिदिनुस् 
    अन्त्यमा यहाँको मिडियाबाट विद्यालयको विकासको लागि शैक्षिक गुणस्तरको विकासको लागि प्रचारप्रसारमा खेल्नु भएको भुमिकालाई
    सह्राणीय गर्दै आउँदा दिनमा पनि विद्यालयमा जिल्ला शिक्षाका कर्मचारी मात्र नभई पत्रकारहरुबाट पनि निरन्तर अनुगमन र मुल्याङ्कन 
    गरिदिनुहुन अनुरोध गर्दछु ।

    प्रतिक्रिया
    थप समाचार