Online Nepal सोमबार, बैशाख १७ २०८१

महानगरपालीकाको निणर्यः नीजि विद्यालयमा बढाइएको शुल्क खारेज

महानगरपालीकाको निणर्यः नीजि विद्यालयमा बढाइएको शुल्क खारेज


मध्यान्तर
  • बिहिबार, बैशाख १२ २०७६

  • काठमाडौं । आफनै निर्णयबाट पछि हट्दै काठमाडौं महानगरपालिकाले निजी तथा संस्थागत विद्यालयमा गरेको शुल्क वृद्धिको निर्णयलाई खारेज गरेको छ । महानगरपालिकाले वृद्धि गरेको शैक्षिक शुल्क वृद्धिको व्यापक विरोध भएपछि आफैले गरेको निर्णयलाई खारेज गरेको हो ।

    विद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समितिले यस अघि फागुन २६ गते शैक्षिक शुल्क वृद्धिको निर्णय गरेको थियो । महानगर प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको शिक्षा समितिको बैठकले उक्त निर्णय खारेज गर्दै आफ्नो बचाउ गरेको छ । काठमाडौं महानगरले बिद्यालय शिक्षा व्यवस्थापनका लागि जारी गरेको ‘शिक्षा ऐन–२०७५’ र विद्यालय शिक्षा व्यबस्थापन नियमावली–२०७४’ बमोजिम शुल्क निर्धारण गर्ने अधिकार नगर कार्यपालिकामा मात्र भएको भन्दै शुल्क वृद्धिको निर्णय खारेज गरेको हो ।

    संस्थागत बिद्यालयले शैक्षिक सत्र २०७५ मा लिइएको शुल्क मात्र लिन पाउने मेयर शाक्यले बताए । संस्थागत बिद्यालयको शुल्कको वैज्ञानिकताका बिषयमा अध्ययन गरेर मात्र हामी निर्णय शाक्यको भनाइ छ ।

    बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समितिले शैक्षिक सत्र २०७६ को आधारभूत तह कक्षा १ देखि ५ सम्म ‘घ’ बर्गमा पर्ने बिद्यालयको अधिकतम शुल्क १,६३० कायम गरेको थियो । गएको २ बर्षअघि यस बर्गका बिद्यालयको शुल्क १,१८१ रुपैयाँ थियो । त्यस्तै ‘ग’ बर्गका बिद्यालयको २,०२४, रुपैयाँ ‘ख’ बर्गका बिद्यालयको २,४१८ रुपैयाँ र ‘क’ बर्गका बिद्यालयको २,८१२ रुपैयाँ तोकिएको थियो ।

    शैक्षिक सत्र २०७५ मा यस बर्गका बिद्यालयका लागि अधिकतम शुल्क क्रमशः १५७५, १९६९ र २३६३ रुपैयाँ कायम थियो । आधारभूत तहकै कक्षा ६ देखि ८ सम्म ‘घ’ बर्गका बिद्यालयको अधिकतम् शुल्क १,९०१ रुपैयाँ, ‘ग’ बर्गका बिद्यालयको २,३५१ रुपैयाँ, ‘ख’ बर्गका बिद्यालयको २,८०१ रुपैयाँ र ‘क’ बर्गका बिद्यालयको ३,२५१ रुपैयाँ तोकिएको थियो ।

    यस अघि यी बर्गका बिद्यालयको अधिकतम् शुल्क १३५०, १८००, २२५० र २७०० रुपैयाँ थियो । माध्यमिक तहतर्फ कक्षा ९ र १० मा ‘घ’ बर्गमा पर्ने बिद्यालयको अधिकतम् शुल्क २,५३७ रुपैयाँ तोकेको थियो । थएको बर्ष यी बर्गका बिद्यालयको अधिकतम् शुल्क १,८३८ रुपैयाँ थियो ।

    त्यस्तै शैक्षिक सत्र २०७६ का लागि ‘ग’ बर्गका लागि ३,१४९ रुपैयाँ, ‘ख’ बर्गका लागि ३,७६२ रुपैयाँ र क बर्गका लागि ४,३७३ रुपैयाँ अधिकतम् शुल्क तोकिएको थियो । यी बर्गका बिद्यालयमा गएको बर्षको अधिकतम् शुल्क क्रमशः २४५०, ३०६३ र ३६७५ रुपैयाँ थियो ।

    प्रतिक्रिया
    थप समाचार