Online Nepal सोमबार, बैशाख १७ २०८१

पाकिस्तानले देशभरका मदरसालाई मूलधारको शिक्षा प्रणालीमा ल्याउँदै

पाकिस्तानले देशभरका मदरसालाई मूलधारको शिक्षा प्रणालीमा ल्याउँदै


मध्यान्तर
  • मंगलबार, बैशाख १७ २०७६

  • काठमाडौं । पाकिस्तानले देशभरका मदरसाहरुलाई शिक्षा मन्त्रालय मातहत ल्याउने र मूलधाराको शिक्षा प्रणाली लागू गर्ने भएको छ । मदरसाका विद्यार्थीहरुलाई समसामयिक विषय पढाउन अब नयाँ पाठ्यक्रम बनाइने छ र सबै सम्प्रदायलाई आदर गर्न सिकाउने नैतिक शिक्षा पनि पढाइने छ ।

    रावलपिन्डीमा पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले मदरसालाई नियन्त्रणमा लिन र मुलधारमा ल्याउन बिभिन्न कदम उठाइने छ । उनले सबै मदरसालाई शिक्षा मन्त्रालयअन्तर्गत ल्याइने जानकारी पनि दिए ।

    पाकिस्तानमा धार्मिक मदरसाको संख्या बढिरहेको छ । सन् १९४७ मा २४६ मदरसा रहेकामा हाल ३० हजारभन्दा बढी मदरसा छन् । पाकिस्तानका मदरसाहरुले धार्मिक शिक्षाको आडमा आतंकवादलाई प्रश्रय दिएको आरोप लाग्ने गरेको छ ।

    लश्कर ए तोएबा र अलकायदालाई बम बनाउने र आत्मघाती आक्रमणको प्रशिक्षण दिएको आरोपमा पाकिस्तानको पेशावरस्थित एक मदरसालाई अमेरिकाले आतंकवादी संगठन घोषणा गर्दै प्रतिबन्ध लगाएको छ ।

    प्रतिक्रिया
    थप समाचार