Online Nepal शुक्रबार, चैत्र १६ २०८०
अन्तरवार्ता

एकै ठाउँबाट सम्पूण परामर्श दिन ‘एजुकेशन फेयर’ आयोजना गर्न लागिएको हो

एकै ठाउँबाट सम्पूण परामर्श दिन ‘एजुकेशन फेयर’ आयोजना गर्न लागिएको हो


मध्यान्तर
  • शुक्रबार, भाद्र ८ २०७५

  • ??

    भिम थापा
    निर्देशक
    ड्रिम अन एजुकेशन कन्सल्टेन्सी

    विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई विगत ३ बर्षदेखि शैक्षिक परामर्श दिंदै आएको ड्रिम अन एजुकेशन कन्सल्टेन्सीले यहि भदौ १६ गते अर्थात सेप्टेम्वर १ तारिखका दिन शैक्षिक मेला ‘ड्रिम अन एजुकेशन फेयर–२०१८’ आयोजना गर्दैछ । विषेशतः उच्च शिक्षाको लागि नेपाली विद्यार्थी र विदेशी विश्वविद्यालय/कलेजविच पुलको भूमिका निर्वाह गर्न कन्सल्टेन्सीले काठमाडौंको होटल सांग्रीला लाजिम्पाटमा एजुकेशन फेयर आयोजना गर्ने तयारी गरेको हो ।  विदेशमा गएर पढ्छु भन्ने विद्यार्थीलाई पढ्न जाने अवसर सिर्जना गर्नु र उचित परामर्श दिनु कन्सल्टेन्सीको दायीत्व नै हो । त्यसमाथि विदेशी विश्वविद्यालय/कलेजहरु र तिनका प्रतिनिधिहरुलाई एकैठाउँमा उपस्थित गराएर कन्सल्टेन्सीले विद्यार्थीलाई प्रत्यक्ष परामर्श दिन लगाउनु सह्रानिय कुरा हो ।

    प्रस्तुत छ, यसै परिवेषमा आधारित भएर भदौ १७ गते हुन गइरहेको ‘ड्रिम अन एजुकेशन फेयर’को आवश्यकता र यसले पार्ने प्रभावका बारेमा ड्रिम अन एजुकेशन कन्सल्टेन्सीका निर्देशक भिम थापासँग मध्यान्तर संवाददाताले गरेको कुराकानीः

     

    ‘ड्रिम अन एजुकेशन फेयर–२०१८’ आयोजना गर्दै हुनुहुन्छ, फेयरको आवश्यकता किन पर्यो ?
    नेपाल सरकारबाट विधिवत रुपमा मान्यता प्राप्त यस ड्रिम अन एजुकेशन कन्सल्टेन्सीले विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई भरपर्दो र गुणस्तरिय परामर्श दिंदै आएको छ । यसै सन्दर्भमा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीले भन्नेवित्तिकै चाहेअनुसारको कलेज तथा विश्वविद्यालयसँग परामर्श लिने अवस्था नदेखिएको हुँदा हामीले एकै ठाउँबाट परामर्श दिनुपर्ने आवश्यता महसुस ग¥यौं । विद्यार्थीलाई धेरैतिर धाएर कलेज तथा विश्वविद्यालयको जानकारी लिइराख्नु भन्दा एकै ठाउँबाट परामर्श दिन सके बढी उपलब्धि हासिल गर्न सकिन्छ र विद्यार्थी एवं अभिभावक पनि लाभन्वित हुन सक्छन् भन्ने विश्वासका साथ यो मेला आयोजना गर्न लागिएको हो ।

     

    ‘ड्रिम अन एजुकेशन फेयर’ आयोजना गर्नुको मुख्य उदेश्य के हो ।
    वैदेशिक शिक्षा सम्बन्धी परामर्श तथा सहजीकरणको लागि मेला आयोजना गर्न लागिएको हो । त्यस्तै विद्यार्थीले विभिन्न कलेज/युनिभर्सिटीका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गर्ने र आवश्यक परामर्श लिने वा अन्तरक्रिया गर्न पाउनेछन् । फेयरको उदेश्य नै विद्यार्थीलाई सत्य तथ्य जानकारी दिने, सम्बन्धित देशको नीतिनियम, कानुन र जीवनशैलीलाई बुझाउने, छात्रवृत्ति, कलेज/विश्वविद्यालयको छनौट तथा भर्ना, करिअर काउन्सेलिङ, भिजा प्रोसेसलगायतका विषयमा जानकारी दिनु हो ।

     

    मेलामा कस्ता र कति कलेज/युनिभर्सिटी सहभागि हुँदैछन् ?
    मेलामा अस्ट्रेलिया, न्युजिल्याण्ड, जापानलगायत मुलुकका प्रतिष्ठित एवं ख्याति प्राप्त कलेज/युनिभर्सिटीको सहभागिता रहने छ । विद्यार्थी र अभिभावकले सकेसम्म धेरै कलेज/युनिभर्सिटीसँग परामर्श र अन्तक्रिया गर्न सकुन भनेर डेढ दर्जन भन्दा बढी शिक्षण संस्थालाई मेलामा सहभागि गराइएको छ । यसको अलवा बैंकिङ एवं विमा चेतनाको लागि नेपालका बैंक तथा इन्स्योरेन्स कम्पनीलाई पनि मेलामा सहभागि गराइएको छ ।

    कुन लेभलका विद्यार्थीलाई लक्षित गरी मेला संचालन गर्न लाग्नुभएको हो ? र कति विद्यार्थीले मेला भिजिट गर्ने अपेक्षा गर्नुभएको छ ?
    समग्रमा सबैखाले विद्यार्थी एवं अभिभावकलाई लक्षित गरी मेला संचालन गर्न लागिएको हो । विषेशतः कक्षा १२ पास भइसकेका विद्यार्थीको लागि यो मेला प्रभावकारी हुनेछ । मास्टर पढ्न जाने विद्यार्थीको लागि पनि यो मेला त्यत्तिकै महत्वपूर्ण छ । मेलामा १ हजारभन्दा बढी विद्यार्थी एवं अभिभावकले भिजिट गर्ने अपेक्षा गरेका छौं । मेलामा अवलोकन गर्न चाहने जो कोही विद्यार्थी तथा अभिभावकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

    उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीले के–के विषयमा ध्यान दिनु जरुरी छ ?
    विद्यार्थीले विदेश गएर पढ्ने चाहाना राख्नु स्वभाविक भएपनि सबैले त्यो अवसर नपाउन सक्छन् । विदेश जान चाहनेले आफुलाई सक्षम सावित गर्न सक्नुपर्छ । पहिलो कुरा विद्यार्थी अध्ययनमा अब्बल हुनुपर्छ । कक्षा १२ उत्तीर्ण गरेको विद्यार्थीले न्युनतम ६० प्रतिशत अंक प्राप्त गरेको हुनुपर्छ । कुन विषय पढ्ने हो त्यसमा प्रष्ट हुनुपर्छ । त्यस्तै अंग्रेजी भाषा परिक्षणमा (आइईएलटिएस, टोफेल, स्याटलगायतमा) राम्रो अंक ल्याउनु पर्छ । फानान्सियल स्ट्याटस राम्रो हुनुपर्छ ताकी कम्तिमा १ बर्षको अध्ययन शुल्क नेपालबाटै व्यवस्थापन गर्न सकियोस् । विदेश जानु अघि आफु जाने देशको नियमकानुन र भाषाको विषयमा पनि बुझ्नु आवश्यक हुन्छ । यस्ता विषयमा विद्यार्थीले ध्यान दिन जरुरी छ ।

     

    मेलामार्फत विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था छ कि छैन ?
    पढाइमा अब्बल र भाषा परिक्षणमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीले सहजै छात्रवृत्ति पाउँछन् । मेलाको आकर्षण छात्रबृत्ति पनि हो । विभिन्न कलेज/युनिभर्सिटीले एउटा मापदण्ड बनाएर राम्रा विद्यार्थीको लागि छात्रबृत्तिको व्यवस्था गरेका हुन्छन् । उनिहरुको मापदण्डमा परेका विद्यार्थीले ५० प्रतिशतसम्म छात्रबृत्ति पाउन सक्छन् । विद्यार्थीको अध्ययन क्षमताको अधारमा छात्रवृत्तिसँगै विभिन्न कोर्समा पनि छुट पाउन सक्छन् ।

    ??

    ड्रिम अन एजुकेशनले विद्यार्थीको ड्रिम साकार पार्न अबको दिनमा कस्तो भूमिका निर्वाह गर्छ ?
    स्थापनाको छोटो समयमा नै विद्यार्थी एवं अविभाभकले देखाउनु भएको सदभाव र विश्वासले नै हामी एजुकेशन फेयर गर्न गइरहेका छौं । हामी संख्यामा भन्दा पनि गुणस्तर परामर्शमा विश्वास गर्छौं । विद्यार्थीको अनुकुलतामा हुनेगरी सर्वशुलभ एवं गुणस्तर सेवा प्रदान गर्न विभिन्न जिल्लाहरुमा शाखा स्थापना गर्ने तयारी गरिरहेका छौं । विद्यार्थी एवं अभिभावकलाई घरदैलो सेवा दिने हाम्रो अभियान हुनेछ । साथै उच्च शिक्षा हासिल गर्न विदेश जान चाहनेहरुको लागि आवश्यक जानकारीको दिन बेला–बेलामा विभिन्न सभा, सेमिनार र मेलाको आयोजना गर्दै जाने योजना बनाएका छौं ।

     

    अन्त्यमा, आगामी मेलाको बारेमा के सन्देश दिन चाहनुहुन्छ ?
    हामी पहिलो पटक ‘एजुकेशन फेयर’ गर्न गइरहेका छौं । हाम्रो यो प्रयासलाई सफल बनाउन सबैको साथ, सहयोग र सदभावको अपेक्षा गरेका छौं । यो मेलाले विद्यार्थीलाई आवश्यक सम्पूर्ण परामर्श दिन महत्वपूर्ण भूमिका खेल्ने भएकाले मेला अवलोकन गर्नुहुन सबैमा अनुरोध गर्दछु । यहि भदौ १६ गते होटल सांग्रीला लाजिम्पाटमा विहान ९ः०० देखि वेलुका ५ः०० बजेसम्म मेला संचालन हुनेछ । निशुल्क प्रवेशको व्यवस्था गरेका छौं ।

    प्रतिक्रिया
    थप समाचार