Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कैलालीमा एक प्रहरीको हत्या , एक प्रहरी बेपत्ता

कैलालीमा एक प्रहरीको हत्या , एक प्रहरी बेपत्ता


मध्यान्तर
  • आइतबार, कार्तिक २ २०७७

  • काठमाडौं । कैलालीमा एक प्रहरीको हत्या भएको छ। एक प्रहरी अझै सम्पर्कविहीन छन् । कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका असई र एक प्रहरी जवान गएराति सीमा क्षेत्रमा गस्तीमा निस्किएका थिए ।

    मोटरसाइकलमा गएका उनीहरुमध्ये एकजनाको शव मोहना नदीमा फेला परेको प्रहरीले जनाएको छ  । प्रहरीका अनुसार शव पानीको डुबेको छ । तर प्रहरी पोसाकमै भएकाले प्रहरी नै हो भन्ने खुलेको छ । अर्का एकजना फेला परेका छैनन् ।

    प्रहरी अधिकारीले तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने आशंका गरेका छन् । प्रहरी टोली घटनास्थलमा रहेको र थप अनुसन्धान जारी रहेको जनाएको छ ।

    दुवैजना गएराति गस्तीमा निस्किएको र त्यसपछि सम्पर्कविहीन भएपछि अन्य प्रहरी टोली खोजीमा निस्किँदा एकजनालाई मृत अवस्थामा फेला पारेको हो ।

    प्रतिक्रिया
    थप समाचार