Online Nepal शुक्रबार, बैशाख ७ २०८१

गायक प्रेमध्वज प्रधानको निधन

गायक प्रेमध्वज प्रधानको निधन


मध्यान्तर
  • बिहिबार, बैशाख २३ २०७८

  • काठमाडौँ । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको ८५ बर्षको उमेरमा आज निधन भएको छ । उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भयो । विसं १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै सांगीतिक माहोल थियो । उनी एक समयका निक्कै चर्चित र स्टाईलिस गायकका रुपमा समेत परिचित थिए । ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता उनका थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ ।

    प्रतिक्रिया
    थप समाचार