Online Nepal शुक्रबार, बैशाख ७ २०८१

अमेरिकाको एक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित छ जनाको मृत्यु

अमेरिकाको एक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित छ जनाको मृत्यु


मध्यान्तर
  • मंगलबार, चैत्र १४ २०७९

  • काठमाडौं । अमेरिकाको टेनेसी राज्यको नासभिलमा रहेको एक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित छ जनाको मृत्यु भएको छ ।

    गोली लागेर मारिएका बालबालिका ९ वर्षका छन् । गोली हानाहानमा मारिएका तीन वयस्कको उमेर ६०–६१ वर्षको आसपास रहेको छ ।

    प्रहरीको जवाफी कारबाहीमा २८ वर्षीय आक्रमणकारी अड्रे हेलको मृत्यु भएको छ । उनी विद्यालयका पूर्व विद्यार्थी थिए ।

    गोलीबारी भएको विद्यालय न्यासभिलको एउटा निजी विद्यालय हो जहाँ ११ वर्षसम्मका बालबालिका पढ्छन् ।

    यो हमलापछि अमेरिकामा बन्दुक राख्ने कानुनमा परिवर्तनको बारेमा फेरि एक पटक पुरानो बहसको चर्चा सुरु भएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक हिंसाका घटनामा कारबाही गरिने बताएका छन् ।

    घटनाप्रति दुःख व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले मार्चको अन्त्यसम्ममा राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।

    विद्यालय नजिकै बस्ने एक महिला क्याथीले स्थानीय सञ्चारमाध्यमलाई भनिन्, ‘सुरुवातका आठ वा दश सटहरू निकै चर्को थिए । विद्यालय हाम्रो घरबाट दुई ब्लक मात्र टाढा छ । यो धेरै दुखद कुरा हो र यस्तो घटना जो कोहीमाथि पनि हुन सक्छ ।’

     

    प्रतिक्रिया
    थप समाचार