Online Nepal शनिबार, बैशाख ८ २०८१

फेसबुकले अस्ट्रेलियामा समाचार पढ्न र सेयर गर्न बन्द गर्‍यो

फेसबुकले अस्ट्रेलियामा समाचार पढ्न र सेयर गर्न बन्द गर्‍यो


मध्यान्तर
  • बिहिबार, फाल्गुन ६ २०७७

  • काठमाडौं । फेसबुकले अस्ट्रेलियामा समाचार पढ्न र सेयर गर्न बन्द गरेको छ ।

    सामाजिक सञ्जाल जाइन्टले अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको हो । फेसबुकको यो निर्णयसँगै अत्यावश्यक सूचना वा जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने जोखिम बढेको छ ।

    बिहीबार बिहानदेखि स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार संस्था वा वेबसाइटका फेसबुक पेजहरु ब्लक गरिएका हुन् । यस्तै महत्वपूर्ण सरकारी निकायका फेसबुक पेजहरु पनि ब्लक भएका छन् ।

    प्रतिबन्धले प्रविधि तथा सामाजिक सञ्जाल जाइन्टको विश्वसनीयतामाथि चुनौति पैदा भएको अस्ट्रेलिया सरकारले बताएको छ । समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नु पर्ने अस्ट्रेलियाको प्रस्तावित कानूनको विरोधमा यस्तो प्रतिबन्ध लगाइएको हो ।

    अस्ट्रेलिया बाहिर रहेकाहरुले पनि फेसबुकमा त्यहाँको समाचार पढ्न पाउने छैनन् । प्रस्तावित कानून बुधबार अस्ट्रेलियाको तल्लो सदनबाट पारित भएको थियो । त्यसलाई कानून बनाउनका लागि प्रक्रिया थप अघि बढाउने अस्ट्रेलियाले बताएको छ । सञ्चार मन्त्री पल फ्लेट्चरले एबिसीसँग भनेका छन्, ‘फेसबुकले यस्तो गर्दा आफ्नो प्रतिष्ठा र मान्यतामा पर्ने असरबारे गम्भीर भएर सोच्नु पर्ने हुन्छ ।’

     

    प्रतिक्रिया
    थप समाचार