Online Nepal बिहिबार, बैशाख १३ २०८१

भारतको राजधानी नयाँदिल्लीमा सम्पूर्ण विद्यालयहरू बन्द

भारतको राजधानी नयाँदिल्लीमा सम्पूर्ण विद्यालयहरू बन्द


मध्यान्तर
  • शुक्रबार, चैत्र २७ २०७७

  • काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा सम्पूर्ण विद्यालयहरू बन्द गरिएका छन्।

    कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि दिल्ली सरकारले शुक्रबार सबै तहका विद्यालय बन्द गर्ने निर्णय गरेको मुख्यमन्त्री अरबिन्द केजरीवालले जानकारी दिएका छन्। भारतमा पछिल्लो समय एकैदिनमा १ लाख ३१ हजार मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ।

    संक्रमण बढेको बढ्यै भएपछि महाराष्ट्र, दिल्ली, मध्यप्रदेशजस्ता राज्यहरूले विभिन्न प्रतिबन्धहरू लगाएका छन्। नेपालमा पनि कोरोनाको संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको छ।

     

    प्रतिक्रिया
    थप समाचार