Online Nepal शनिबार, बैशाख ८ २०८१

एनआरएनए उपाध्यक्षमा गणेश केसीले दिए उम्मेदवारी

एनआरएनए उपाध्यक्षमा गणेश केसीले दिए उम्मेदवारी


मध्यान्तर
  • शनिबार, भाद्र १२ २०७८

  • गैर आवासीय नेपाली संघ २०२१-२०२३ को लागि गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन । केसी लामो समयदेखी गैह् आबासीय नेपाली संघसंग आबद्द रहेर सामाजिक अभियानमा लागि परेका सामाजिक अभियन्ता हुन केसी । उनि गैर आबासीय नेपाली संघ अष्ट्रेलियाको पूर्व अध्यक्ष समेत हुन ।आइसिसीको वर्तमान मानार्थ सदस्य रहेका केसीले सबैको सल्लाह सुझाव र आग्रहमा उम्मेदवारी दिएको जानकारी दिएका छन -‘ एनआरएनका अग्रजहरुको सल्लाहमा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ, सबैको साथ र सहयोग हुनेमा पूर्ण विश्वस्त छु’, केसीले भनेका छन ।

    उनले अगाडि भनेका छन -‘ लामो समय देखीको एनआरएन सँगको लगाव, आबद्धता र अभियानको विविध अनुभवहरुलाई अगाडि बढाउन मेरो उम्मेदवारी हो ।एनआरएनए विश्व सञ्जालले अपनाएका मूल्य, मान्यता उद्देश्य, मिसन, भिजन र एजेण्डाहरु भित्र रहेर सबै एनआरएनहरुको जीवन छ, भावना छ, नेपाल बाहिरको सानो नेपाल छ भन्ने मेरो बुझाई छ, यि र यस्तै भावनाहरुको जीवन्त कार्यान्वयन गराउनु मेरो प्रमुख ध्येय रहनेछ ।’

    लामो समयदेखि संस्थामा सक्रिय केसीले संस्थामा महत्वपूर्ण योगदान छन ।एनआरएनए अष्ट्रेलियाको अध्यक्ष हुँदा उनले उदाहरणीय कार्य गरेर देखाएका थिए । केसी सन् १९९५ देखि अस्ट्रेलियालाई कर्मभूमि बनाउदै आएका छन । उनसे सन् २००१ मा एनएडिएफको नेतृत्व गर्दै सामाजिक क्षेत्रमा आफ्नो आबद्धता शूरु गरेका थिए ।

    सन् २००७ –२००९ को कार्यकालमा एनआरएनए अष्ट्रेलियाको कार्यकारी सदस्य, २००९–२०११ मा एनएसडब्लूको संयोजकको जिम्मेवारी समाले । अष्ट्रेलियाबासी नेपालीहरुको विश्वास जित्दै सन् २०११–२०१३ मा एनआरएनए अस्ट्रेलियाको अध्यक्ष बन्न सफल भए । केसीले अध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरेका थिए । उहाँले जिम्मेवारी समालेसँगै आफ्नो बल बुत्ता र क्षमताले म्याएसम्म सबै क्षेत्रमा सुधार ल्याउन सफल भएका छन ।
    नेपालमा भूकम्पमा होस वा नाकाबन्दी अर्थात वर्तमान कोरोना महामारीमा केसीले मातृभूमीप्रति सेवाभाव दर्शाउदै सहयोगी हात फैलाउँदै आएका छन । कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा पनि केसी सक्रिय भए । प्रबासी जिबनमा पनि नेपाल, नेपालमा रहेका नेपाली र प्रबासी नेपालीहरूको हक, हित र अधिकारका निमित्त लागि पर्दै आएका गणेश केसीको यो उम्मेदवारीलाई सकारात्मक रूपमा लिईएको छ ।

    प्रतिक्रिया
    थप समाचार