Online Nepal शुक्रबार, बैशाख ७ २०८१

एसएसबीको ज्यादती: सन्दकपुर डाँडामा जान र तस्विर खिच्न रोक

एसएसबीको ज्यादती: सन्दकपुर डाँडामा जान र तस्विर खिच्न रोक


मध्यान्तर
  • सोमबार, मंसिर २ २०७६

  • काठमाडौं । भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले सीमा क्षेत्रमा रहेको सन्दकपुर(३ हजार ६ सय ३६ मिटर उचाइ)को भ्यू प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको छ ।
    एसएसबीले तीन देशका हिमालको दृश्यावलोकन गर्न सकिने सन्दकपुरको चुचुरोमा जान र तस्विर खिच्न निषेध गरेको सूचना बोर्ड त्यहीं राखेको छ । एसएसबीले यसअघि सन्दकपुर चुचुरो जान, घुम्न, तस्विर खिच्न यस्तो निषेध गरेको थिएन । अहिले तस्विर खिच्न नदिने मात्र होइन, खिचिसकेको तस्विर डिलिट(मेट्न) गर्न लगाउने गरेको दुखेसो पर्यटकहरुको छ ।
    पूर्वाधारविहीन यो चुचुरोमा भ्यू प्वाइन्ट बनाउने सन्दकपुर गाउँपालिकाको प्रयास असफल पारेपछि एसएसबीले त्यहाँ प्रवेशमा कडाइ गरेको हो ।
    -नागरिक दैनिकबाट

    प्रतिक्रिया
    थप समाचार