Online Nepal शुक्रबार, बैशाख ७ २०८१

एनसेलले बुझायो ४ अर्ब ५० करोड कर

एनसेलले बुझायो ४ अर्ब ५० करोड कर


मध्यान्तर
  • मंगलबार, पुष १५ २०७६

  • काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाल सरकारलाई ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ ।
    एनसेलले एभरेस्ट बैंकमार्फत नेपाल सरकारको राजश्व खातामा ४ अर्ब ५० करोड रुपैयाँ जम्मा गरेको हो । सर्वोच्च अदालतको आदेशानुसार सेयर स्वामित्व खरिद बिक्री प्रकरणमा निर्धारण भएको २२ अर्ब ४४ करोड ५३ लाख लाभकरमध्ये एनसेलले पहिलो किस्ताको रुपमा ४ अर्ब ५० करोड रुपैयाँ लाभकर बुझाएको हो । ठूला करदाता कार्यालयले २२ मंसिरमा पत्र पठाउँदै एनसेललाई १५ दिनभित्र लाभकर बुझाउन ताकेता गरेको थियो । एनसेलले भने निर्धारण गरिएको सबै लाभकर एकैपटक बुझाउन नसक्ने भन्दै किस्तामा कर बुझाउने सुविधान प्रदान गर्न माग गरेको थियो । ठूला करदाता कार्यालयले भने एनसेललाई किस्तामा लाभकर बुझाउने सम्बन्धमा कुनै सम्झौता नभएको जनाएको छ । ठूला करदाता कार्यालयका प्रवक्ता देवीप्रसाद शर्माले एनसेलबाट लाभकर वापत एभरेस्ट बैंकमा ४ अर्ब ५० करोड रुपैयाँ बराबरको चेक जम्मा भएको सूचना आफूले पाएको जानकारी दिए । ‘राजश्व खातामा चेक डिपोजिट भएको भन्ने जानकारी मैले पनि पाएको छु । हाम्रो आन्तरिक खातामा रकम जम्मा भइसकेको जानकारी आएको छैन,’ शर्माले भने, ‘संभवत आज ४ बजेसम्म जानकारी आउँछ होला ।’
    एनसेलसँग किस्ताबन्दीमा लाभकर बुझाउने सम्बन्धमा कुनै सम्झौता नभएपनि उसले मंगलबार राजश्व बुझाए तोकिएको वक्यौताबाट बुझाएको रकम घट्ने प्रवक्ता शर्माको भनाइ छ । ‘लाभकर शीर्षकमा राजश्व बुझायो भने उसका लागि निर्धारण भएको रकममध्येबाट तिरेको रकम घटिहाल्छ नि,’ प्रवक्ता शर्माले भने ।

    प्रतिक्रिया
    थप समाचार