Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कालन्तरमा कोभिड–१९ ले नेपालको बैंकिङ क्षेत्रमा ठूलै असर पार्छः आईएमएफ

कालन्तरमा कोभिड–१९ ले नेपालको बैंकिङ क्षेत्रमा ठूलै असर पार्छः आईएमएफ


मध्यान्तर
  • शुक्रबार, कार्तिक २८ २०७७

  • काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको बैंकिङ क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) का कारण निकै ठूलो असर पर्ने बताएको छ ।केही दिनअघि नेपाल राष्ट्र बैंकका अधिकारी र बैंकिङ क्षेत्रका अन्य विज्ञहरुसँगको छलफलमा आईएमएफका प्रतिनिधिले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा ठूलै असर पर्ने बताएका हुन् ।

    कोरोना संक्रमणका कारण तेस्रो त्रैमासदेखि नै लकडाउन शुरु भएकाले राम्ररी कर्जा लगानी गर्न नसकेका बैंक तथा वित्तीय संस्थाहरुको गत वर्षको वित्तीय विवरणमा ठूलो असर नपरे जस्तो देखिए पनि कालान्तरमा यसको निकै ठूलो प्रभाव पर्ने विज्ञहरुको विष्लेषण छ ।

    राष्ट्र बैंकका अनुसार, २०७७ असार मसान्तसम्म लगानी भएको ३२ खर्ब ७६ अर्ब ऋणमध्ये १ खर्ब ७४ अर्ब रुपैयाँ हायर पर्चेजमा छ । त्यसमा पनि व्यक्तिगत प्रयोगका लागि ५९ अर्ब ऋण लगानी भएको छ । त्यस्तै, १ खर्ब १५ अर्ब रुपैयाँ व्यवसायीका लागि हायर पर्चेज लगानी भएको छ । यो जोखिमको लगानी हो ।
    हाल बैंकहरुको औसत निस्कृय कर्जा २ प्रतिशतभन्दा तल छ । ४ प्रतिशतभन्दा कम निस्कृय कर्जा हुनु राम्रो मानिन्छ । तर अब नेपाली बैंकहरुमा निस्कृय कर्जा ८०० प्रतिशतसम्म बढ्ने आईएमएफको अनुमान छ ।

    निस्कृय कर्जाबारे राम्रै बहस भएको र यसले निकै गहिरो असर पार्ने सबैको ठम्याइ रहेको राष्ट्र बैंकका एक अधिकारीले बताए । उनका अनुसार निस्कृय कर्जा अनुपात बढेर १० देखि १५ प्रतिशतसम्म पुग्ने अनुमान आइएमएफले गरेको छ ।

    गत आर्थिक वर्षको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाहरुको लगानी ३२ खर्ब ७६ अर्ब छ । यसको १५ प्रतिशत ९४ खर्ब ९१ अर्ब० सम्म खराब कर्जाको अनुपात पुग्ने अनुमान छ । करिब ५ खर्ब कर्जा जोखिममा पर्ने देखिएको छ । सर्वसाधारणले त्यसको असर देख्न भने समय लाग्ने छ ।

    पूर्व बैंकर सुमन शर्मा केन्द्रीय बैंकले दिएको सुविधाका कारण बैंकहरुको वित्तीय विवरणमा खराब कर्जा नदेखिएको बताउँछन् । कालान्तरमा यसले निकै नराम्रो प्रभाव देखाउने उनको विश्लेषण छ ।

     

    प्रतिक्रिया
    थप समाचार