Online Nepal आइतबार, जेष्ठ ६ २०८१

अविरल बर्षाले भक्तपुर फेरि डुबानमा

अविरल बर्षाले भक्तपुर फेरि डुबानमा


मध्यान्तर संवाददाता
  • आइतबार, साउन २० २०७५

  • भक्तपुर । निरन्तर परेको वर्षको कारण भक्तपुर फेरी डुबानमा परेको छ । मध्यपुर थिमि नगरपालिका ९ को राधेराधे क्षेत्र डुबानमा परेको हो । गए रातिदेखिको वर्षाले हनुमन्ते र खस्याङ खुसुङ खोलामा पानीको बहाव बढेपछि राधेराधे क्षेत्र डुबानमा परेको हो ।

    बाढीका कारण केही घर टहरामा आंशिक क्षति पुगेको भक्तपुर प्रहरीले जानाएको छ । अविरल वर्षाले खोलामा पानीको बहाव बढ्न थालेपछि सुरक्षाकर्मी परिचालन भइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

    बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, सिद्धि स्मृति बाल अस्पताल, राममन्दिर, शान्ति निकेतन मावि, सल्लाघारीस्थित डा. इवामुरा अस्पताललगायत क्षेत्र डुबानमा परेको छ ।

    प्रतिक्रिया
    थप समाचार