Online Nepal आइतबार, जेष्ठ ६ २०८१

पशुपति धर्मशाला उद्घाटन गर्न मोदी आइपुग्ने

पशुपति धर्मशाला उद्घाटन गर्न मोदी आइपुग्ने


मध्यान्तर
  • बुधबार, साउन ३० २०७५

  • काठमाडौं । नेपाल आएपछि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई केहि न केहि गर्नेपर्ने बानी लागेको छ । त्यसैले उनको लागि अबको नेपाल आगमनमा धर्मशाला उद्घाटनको कार्यक्रम राखिएको छ । भारत सरकारकै सहयोगमा पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिएको ४सय वेडको धर्मशाला तयार भएपछि मोदीलाई नै उद्घाटन गर्न लगाउने तयारी भएको हो ।

     

    धर्मशाला उद्घाटनमा नेपालका प्रधानमन्त्री केपी ओलीले पनि साथ दिनेछन् । आगामी भदौ १५ गते ओली र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

     

    भारतीय प्रधानमन्त्री मोदी भदौ १४र १५ मा हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आउने भएपछि सोहि अवसरमा धर्मशालाको पनि उद्घाटन गरिहालौं न भन्ने नेपाल स्थित भारतीय दूतावासको चाहाना छ । भारतीय राजदूत मञ्जिव सिंह पुरीले पशुपति धर्मशालाको उद्घाटनको लागि सवै तयारी पुरा गरिएको भन्दै आफ्नो देशको प्रधामन्त्रीको पर्खाइमा रहेको बताएका छन् ।

     

    पशुपति क्षेत्र विकास कोषले पनि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा धर्मशाला उदघाटन गर्ने कार्यक्रम रहेको जनाएको छ । कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार साढे २ तलाको धर्मशाला भारतीय सहयोगमा निर्माण भएको हो । जसमा ८२ वटा कोटा र ४ सय बेडको व्यवस्था गरिएको छ । ढकालले धर्मशाला संचालनको मोडालिटि निर्धारण गर्न बाँकी रहेपनि आगन्तुक र तिर्थयात्रीलाई सर्वशुलभ तरिकाले खानेबस्ने व्यवस्था मिलाइने बताए ।

    प्रतिक्रिया
    थप समाचार