Online Nepal शनिबार, बैशाख ८ २०८१

रिया चक्रवर्ती १४ दिन न्यायीक हिरासतमा

रिया चक्रवर्ती १४ दिन न्यायीक हिरासतमा


मध्यान्तर
  • बुधबार, भाद्र २४ २०७७

  • एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्सको लेनदेन प्रकरणमा गिरफ्तार परेकी अभिनेत्री रिया चक्रवर्तीलाई सेप्टेम्बर २२ सम्म न्यायीक हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

    नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मंगलबार अपरान्ह चार बजे रियालाई पक्राउ  गरेर अदालतमा पेश गरेको थियो।एनसीबीले रियालाई अनुसन्धानका लागि १४ दिन हिरासतमा राख्न अदालतसँग माग गरेको थियो भने रियाका वकिलले जमानतको माग गरेका थिए।अदालतले जमानतको माग खारेज गर्दै १४ दिन न्यायिक हिरासतमा राख्ने अनुमति दिएको थियो।

    सुशान्त सिंह प्रकरणमा ड्रग्स एंगल अगाडि देखिएपछि केही दिन अघिदेखि एनसीबीले रियासँग सोधपुछ गरिरहेको थियो। मंगलबार पनि रियासँग घण्टौँ सोधपुछ भएको थियो।सोधपुछपछि उनलाई गिरफ्तार गरिएको हो।रियाका भाइ शौविक चक्रवर्तीलाई केहि समय अघि नै एनसीबीले पक्राउ गरिसकेको छ। रिया समेत एनसीबीले यो प्रकरणमा अहिलेसम्म १० जनालाई पक्राउ गरेको छ। रियाको गिरफ्तारीपछि बलिउडका कैयौँ कलाकार उनको समर्थनमा उत्रेका छन्।

    रियाले मंगलबार कालो रंगको टि–शर्ट लगाएर एनसीबीको टोलीसमक्ष पुगेकी थिइन्। जसमा लेखिएको थियो, ‘गुलाब रातो हुन्छ, वायलेट्स (एक किसिमको फूल) निलो हुन्छ, आउनुहोस् तपाईँ हामी मिलेर पितृसत्तालाई ध्वस्त गरौँ । उनको यो तस्बिर अहिले  सामाजिक सञ्जालमा भाइरल भइरहको छ। फिल्म जगतका कैयौँ हस्तीहरुले पनि यो तस्बिर सेयर गरेका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार