Online Nepal बिहिबार, चैत्र १५ २०८०

सेयर बजारमा ब्रोकरको मनोमानी हट्नु पर्छ

सेयर बजारमा ब्रोकरको मनोमानी हट्नु पर्छ


मध्यान्तर
  • आइतबार, साउन १८ २०७७

  • -डमरु बल्लभ घिमीरे

    नेपाली सेयरबजारका भि आइ पी सेयर धनी हुनुहुन्छ डमरु बल्लभ घिमीरे वि.सं २०३३ सालदेखी नेपाली सेयर बजारमा लगानी गरेका घिमीरे अनुभवी र खरा विश्लेषक हुनुहुन्छ । नेपाल स्टक एक्सचेन्जमा लिस्टींग भएका प्राय सेयरहरु उहाँसँग छ । जुनसुकै पब्लीक कम्पनीको वित्तीय विश्लेषण गरी व्यवस्थापनलाई सुझाव र गाली गर्न पनि पछि हट्नु हुन्न । आम लगानीकर्ताको पक्षमा जोडदार आवाज उठाउने घिमीरे सँग अहिले कोभिड १९ पछि नेपालको अर्थतन्त्र र स्टक मार्केट कता जाँदै छ । यसको प्रभाव के हुन्छ , नेपालमा सेयर बजार र अहिलेको अर्थतन्त्रको स्थितीको बारेमा यस मध्यान्तर डटकमले गरेको कुराकानीको सार संक्षेप ः

    १. विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारिले गर्दा विश्वभरी अर्थतन्त्र नकारात्मक रुपमा अगाडी बढिरहेको छ । यसको असर नेपालमा पनि परेको छ । नेपालमा पनि भर्खर चार महिना पछी लकडाउन खुलेको छ । यस्तो अवस्थामा नेपाली अर्थतन्त्रमा कस्तो असर पर्छ ?
    अहिले यहाँले भन्नु भएको जस्तै अर्थतन्त्र अत्यन्त जटिल स्थीतिमा रहेको छ । कोभिड-१९ पछि हाम्रो देशमा पनि यसको असर गम्भीर रुपमा परेको छ । अझ भन्ने हो भने यसको असर अहिले भन्दा आगामी वर्षहरुमा अझ वढीरुपमा देखा पर्छ । महाभुकम्प पछि अहिले अर्थतन्त्रले गति लिन थालेको थियो । तर यहि बेलामा कोभीड-१९ ले गर्दा हजारौको रोजगार गुमेको छ । रेमिट्यान्स ठप्प छ । बैंक फाइनान्स कम्पनीको तरलता थुप्रीएको छ । लगानी गर्ने ठाउँ छैन । उत्पादनशील क्षेत्र ठप्प छ र यस्तो स्थिती कहिले सम्म जान्छ भन्ने कसैले पनि कल्पना गर्न सकेको छैन ।
    २. कोभिड-१९ ले गर्दा नेपाली सेयर बजारमा कस्तो असर गर्छ ?
    कोरोनाले गर्दा सेयर बजार मात्र हैन हरेक क्षेत्रमा नकारात्मक असर गरेको छ । नेपाली सेयर बजार सैद्धान्तीक भन्दा राजनीतीक कारणलले चल्ने गरेको छ । राजनितिक ब्यक्ति र पार्टी परीवर्तन हुँदा सेयर बजार उथल पुथल हुन्छ । हल्लाको भरमा चल्ने गरेको छ , त्यो बिलकुल गतल हो । म आम लगानीकर्ताहरुलाई के भन्न चाहन्छु भने हल्लाको पछि नलाग्नुहोस् । कम्पनीको शुष्म विश्लेषण गर्नुहोस् । बजारको ट्रेन्ड हेरी लगानी गर्नुहोस् । यसले अझै २-३ वर्ष असर गर्ने देखेको छु ।

    ३. भर्खरै राष्ट्र बैंकले आर्थीक वर्ष २०७७/७८ को मैद्रिक नीति ल्याएको छ , यसले सेयर बजारमा कस्तो असर परेको छ ?
    अहिलेको गर्भनर अर्थतन्त्र बुझेको हुनुहुन्छ । लामो समय राष्ट्र बैंकमा बसेर काम गरिसक्नु भएको छ । यो वर्षको मैद्रिक नीतिले सेयर बजारलाई सकारात्मक असर गर्छ । मार्जीन ल्यान्डींगमा राम्रो प्रबन्ध मिलाउनु भएको छ । ४०-५० प्रतिशत बाट बढाएर ७० प्रतिशत पुर्‍याएका छन् । ऋंणको किस्ताको समय असार मसान्तबाट असोज मसान्त सम्म पुर्‍याएको छ । यसमा राष्ट्र बैंकको राम्रो भुमिका रहेको रहेको छ । त्यस्तै पछिल्लो समयमा बैंक फाइनान्स कम्पनीहरुमा अधिक तरलतालाई राष्ट्र बैंकले खिचेको छ । व्याजदर वान् डिजीटमा कायम गरिएको छ । यसले गर्दा सेयर बजारमा सकारात्मक असर गर्ने देखेको छु । आम लगानीकर्ता हरुलाई लगानीको पोर्टफोलियो मिलाई लगानी गर्न अनुरोध गर्दछु ।

    ४ नेपाल राष्ट्रवैंकले मौद्रिक निती मार्फत स्वघोषीत मर्जर निती लिएको थियो । तर पछिल्लो समयमा फोसर् मर्जर नीति लिएको छ । यसले गर्दा धेरैको रोजगारी गुम्दैन र?
    अहिले राष्ट्र बैंकको निर्देशन फोसर् मर्जर होइन होल्डीङ मर्जर हो । होल्डीङ मर्जर भनेको एउटै ब्यक्ति वा परिवारको एक भन्दा बढि बैंक वा वित्तीय संस्थामा लगानी भई त्यस्तो कम्पनी विच मर्जर हो । जस्तैं एन आइ सि एसिया बैंक र एन एम बी बैंक, सिभिल बैंक र सिटिजन बैंक , हिमालयन र लक्ष्मी बैंक , नेपाल इन्भेष्टमेन्ट बैंक आदी पारिवारीक लगानीका बैंक हुन् । अर्को कुरा मर्ज हुँदा एकाध व्यक्तिको जागीर गएपनि धेरै कर्मचारीको जागीर जादैन जुन राष्ट्र बैंकको नीतिमा छ । जागीर नखाने भए गोल्डेन ह्याण्डस् (एक मुस्ट रकम ) दिएर विदा गरिन्छ । जस्ले गर्दा कर्मचारी हरुको मनोबल उच्च हुन्छ । बैकं फाइनान्सहरु मर्ज हुदाँ , लगानीकर्ताहरुको जोखिम कम हुन्छ । लगानी गर्ने रकमहरु पनि बढि हुन्छ । व्यवस्थापन पनि बलियो हुन्छ । जसले गर्दा बैंक तथा वित्तिय संस्थाहरु प्रती आम सर्वसाधारणहरुको आकर्षण अझ बलियो हुन्छ ।

    ५.अहिले सेयर बजारमा नयाँ लगानीकर्ता हरुको आकर्षण बढ्ढो छ । आइपीओमा धेरै गुना सेयर भर्ने गरेका छन् । तर कम बाँडफाँड हुन्छ । त्यस्तै दोश्रो बजारमा नयाँ लगानीकर्ताको आकर्षण कम छ । यसले गर्दा सेयर बजार केही सिमीत व्यक्तिको हातमा पुग्दैन र ?
    हो तपाईले सहि प्रश्न गर्नुभयो । प्राथमिक बजारमा आइपीओको मुल्य अंकित मुल्यमा (रु १०० प्रति सेयर) हुने कम लगानी गर्दा हुने , जोखीम पनि कम हुने , त्यस्तै धितोपत्र बोर्डको न्यूनत्तम दश कित्ता सबैलाई बाडँफाडँ गर्ने नीति हुनाले यसमा सर्वसाधारणको आकर्षण बढेको हो । अर्कोकुरा दोश्रो बजारमा नयाँ लगानी कर्ताको आकर्षण घटेको छ । किनकी यसमा नेपाली सेयर बजार कति बेला घट्छ र कति बेला बढ्छ एकिन नहुनु , कम मुल्यमा थोरै कित्ता किन्दा नपाउनु, बढि मुल्यमा थोरै कित्ता बेच्न पनि नपाउनु, ब्रोकरहरुको मनोमानीले गर्दा साना लगानीकर्ताको आकर्षण घटेको छ । ब्रोकरहरुले ठुला लगानीकर्ताहरुलाई सहुलियत गर्ने फोनको भरमा सबै काम गरिदिने तर सानो लगानीकर्ताहरुलाई झन्झटिलो प्रक्रियामा अल्झाई रहने , अनलाई ट्रेडिङमा बैंक व्यालेन्स बढि देखाउन लगाउने , समयमा टी प्लस थ्रि को नियमको लागु गर्न नसक्ने कारणले गर्दाखेरी दोश्रो बजारमा सर्व साधारको आकर्षण घटेको हो । यो विषयमा नेपाल सरकार, अर्थ मन्त्रालय, नेप्से र धितोपत्र बोर्डले गम्भिर समिक्षा गरी ब्रोकरहरुको मनोमानीलाई नियन्त्रण गरी ब्रोकर लाइसन्स कर्मसियल बैंकलाई समेत अनिवार्य दिने व्यवस्था मिलाउनु पर्छ । अहिले ब्रोकरहरुको दादा गिरीले गर्दा संसदको समिति पनि प्रभावमा परेको छ । कर्मसियल बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अहिले सम्म सहमति जुट्न सकेको छैन । ब्रोकर लाइसन्स कमर्सीयल बैंकलाई दिँदा ब्रोकरको मनोमानी हट्ने, दोश्रो बजार व्यवस्थीत हुने , सर्व साधारणहरुलाई स्टक बजारमा आकर्षण बढ्ने र सरकारको पनि राजस्व बढि उठ्ने हुन्छ । कर्मसियल बैंक पब्लीक कम्पनी भएको र यसबाट हुने नाफा सबै सेयर धनिलाई जाने हुँदा सबै लगानी कर्ताहरु अझै आकर्षीत हुन्छन् ।

    ६. धेरै नयाँ कम्पनीका आइपीओ आउदै छन् तर आइपीओ लिस्टीङ भएको धेरै दिन पछि पनि अजोड इन्स्युरेन्सको कारोबार हुन सकेको छैन ? यो कसको लापरबाहीले गर्दा भएको हो ? जसको कारणले लगानीकर्ताहरुले सेयर किन्न र बेच्न पाएको छैनन् ।

    अजोड इन्स्युरेन्सको अहिलेको बुक भ्यालु रु. ९३ छ भने न्यूनतम मूल्य ९३ द्ेखि अधिक्तम मुल्य रु. ३१० भन्दा माथी जान नमिल्ने हुनाले विक्रेताले त्यो रेन्जमा विक्री गर्न नचाहेकाले यसको कारोबार हुन नसकेको हो । अब छिट्टै मुल्यमा समायोजन भई कारोबार हुन्छ ।
    ७. नेपाली स्टक बजारमा करिब ८० प्रतिशत वित्तीय संस्थाहरु मात्र संलग्न छन् । गैर वित्तीय संस्थाहरु स्टक मार्केटमा कम छन् । यसले गर्दा लगानीकर्ताहरु बढि जोखिममा हुदैनन् र ? गैर वित्तीय संस्थाहरुलाई स्टक मार्केटमा समाबेस गर्नलाई के गर्नु पर्दछ ?
    सही प्रश्न गर्नु भयो । सरकारको नीतिनै यस्तो छ । बैंक फाइनान्स कम्पनीलाई दर्ता भयो कि पब्लीकमा सेयर जारी गर्नु पर्दछ तर गैर वित्तीय संस्थालाई जतिको पँुजी भएपनि सेयर जारी गर्न पर्दैन । वित्तीय संस्थाहरुको दश-विस करोड पँुजी भएपनि सेयर जारी गर्नु पर्छ तर गैर वित्तीय संस्थाले दुई तिन अरब भएपनि जारी गर्नु पर्दैन । यसले गर्दा लगानीकर्ताको पोर्टफोलियो मिल्दैन , जोखीम बढ्छ । त्यस्तै सरकारलाई कर लगायत अन्य आम्दानीहरु ग्ुाम्छ । सेयर जारी नगर्दा सिमीत व्यक्तिको हातमा संस्था रही नाफापनि सिमीत ब्यक्तिको हातमा जान्छ । जस्तै डाबर नेपाल ,सूर्य नेपाल प्रा.लि. लगायतले वर्षै पिच्छे ३०० प्रतिशत भन्दा माथी लाभाँश खाईरहेका छन् । अहिले सत्तरी ओटा भन्दा माथी सिमेन्ट कम्पनीहरु छन् । त्यस मध्ये शिवम् सिमेन्ट मात्र आइपीओ निस्काशन गरेको छ । अरु सिमेन्ट कम्पनीले आइपीओ जारी गरेका छैनन् । तीनीहरुको नाफा केही सिमीत व्यत्तीको खल्तीमा पुगेको छ । सरकारले ५० करोड वा त्यो भन्दा माथी पुँजी भएको जुनसुकै कम्पनीहरुलाई सेयर जारी गर्न बाध्यकारी नीति ल्याउनु पर्‍यो । जस्तै नेपाल टेलीकमले सेयर निष्कासन गर्न मिल्ने , तर त्यही प्रकृतीको कम्पनी एन सेलले चाँही गर्न नपर्ने । यस्तो सरकारको दोहोरो नीतिको कारणले गैर वित्तीय संस्थाले पब्लीकलाई सेयर जारी गर्न नचाएको हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार