Online Nepal शनिबार, बैशाख ८ २०८१
लोक गीत

लोक गीत भनेको हाम्रो संस्कृति झल्काउने हुनुपर्छ : गायक पौडेल

लोक गीत भनेको हाम्रो संस्कृति झल्काउने हुनुपर्छ : गायक पौडेल

लोक गित भनेको हाम्रो नेपाली संस्कृति झल्काउने गीत हो त्यो अर्थले पनि लोक गित गाउन मन लाग्छ ।


अरबिन्द्र गौतम
  • सोमबार, भाद्र ४ २०७५

  • काभ्रे – स्याङ्जको पुतलीबजार नगरपालिका ९ कोल्मा जन्मनुभएको लोक गायक भिम पौडेल मुख्य तथा लोक दोहोरी गायकाको रुपमा छोटो समयमै चर्चामा आउन सफल गायकाहरु मध्ये पर्नुहुन्छ ।

    २०६७–६८ साल देखि निरन्तर दोहोरी गाउदै आएकोले विभिन्न ठाउँमा हुने मेला महोत्सवहरुमा राख्ने दोहोरी प्रतियोगिताहरुमा भाग लिदै ७/८ ठाउँमा प्रथम४/५ ठाउँमा दोस्रो र अन्य ठाउँमा तेस्रो चौथो हुँदै आएको बताएउनु हुन्छ, २०७२ सालमा पहिलो एल्बम जमना यस्तै छ आको, त्यसपछि चरी मार्ने गुलेली, मरेर जाने यो जिन्दगानी, अल्लि नजिक सर मायालु, परदेशीको कथा, जाउँ माया सँग सँगै घुम्न र अहिलेको तीजमा मायाकै पिर बरिलै जस्ता एल्बम निकाली सक्नु भएको छ ।प्रस्तुत छ अरबिन्द्र गौतमले उहाँसँग गरेको छोटो कुराकानीः

     

    तपाईंलाई स्वागत छ ।
    धन्यवाद हजुरलाई ।
    आज भोलि के मा ब्यस्त हुनु हुन्छ  ?
    यहि गीत संगीत तिरै ब्यस्त छु ।
    कस्तो खालको गीत बढी गाउनुहुन्छ  ?
    मैले गाउने गीत लोक गित दोहोरी गीत हो र त्यसमा पनि मलाई प्रत्यक्ष दोहोरी गायक भनेर चिन्नुहुन्छ ।
     
    लोक गीत नै बढी गाउनुहुन्छ किन ?
    लोक गीत भनेको हाम्रो नेपाली संस्कृति झल्काउने गीत हो त्यो अर्थले पनि लोक गीत गाउन मन लाग्छ ।
    अहिलेसम्म कति वटा गीत गाउनुभयो  ?
    मैले अहिले सम्म ९/१० वोटा गीत गाएको छु ।
    तपाईंले गायको चर्चाको गित कुन हो ?
    मेरो पहिलो गीत जुन समय सान्दर्भिक पनि छ जमाना यस्तै छ आको ।
    गायनबाट कतिको सन्तुष्ट हुनुहुन्छ  ?
    आफ्नो रहरको काम हो सन्तुष्ट नै छु तर यसैबाट जिन्दगी चलाउन अलि मुस्किल छ ।
    गायनबाटै बाँच्न सकिदैन र ?
    बाँच्न गारै छ ।
    कसको प्रेरणाबाट गायन क्षेत्रमा लाग्नुभयो ?
    मैले म सानो हुँद नारायण गोपालका गीतहरु धेरै सुन्ने गर्थे उहाँकै प्रेरणा बाट गायन क्षेत्रमा लागे । 
    लोकगीत कस्तो होस् जस्तो लाग्छ ?
    लोक गीत भनेको लोकको गीत हो त्यसैले लोक गितले हाम्रो कला र संस्कृतिको प्रतिनिधित्व गरेको हुन्छ
     त्यसैले हाम्रो नेपाली समाजमा सन्देश दिने खाल्को होस जस्तो लाग्छ ।
    तीजगीत गाउनु भए छ होइन ?
    गायको छु ।
    कस्तो छ तीज गीत ?
    मैले गाएका तीज गीतहरु त्यस्तो मौलिकता बोकेका पनि छैन्न र समाज बिकृती फैल्याउने खाल्का पनि छैन्न 
    सामान्य खाल्का छन ।
    तीज गीत कतिको चल्छ जस्तो लाग्छ ?
    गीत राम्रो भए आफै चल्छ जस्तो लाग्छ,तर अहिले त गीत पनि चल्ने हैने चलाउनु पर्ने जस्तो भएको छ । 
    पर्व विशेष गीत ठिक कि अरु गीत ठिक ?
    ठिक त अरु गीत नै ठिक हो किन कि जुन बेला पनि गाउन सकिन्छ तर पर्व विशेष गीत पनि चाहिन्छ।
    कस्तो गायक बन्न मन छ ?
    सबैको मन जित्ने र सबको मन मुटुमा बस्ने खाल्को गायक बन्न मन छ।
    अन्तमा ?
    लोक तथा दोहोरी गीत हेर्ने र सुन्ने स्रोताहरुलाइ यति भन्न चाहान्छु कि हाम्रो लाई हैन राम्रो लाई प्राथमिकता दिनु होला 
    हामी भन्दा जान्ने र बुझ्ने हजुरहरु नै हुनुहुन्छ हल्लाको पछि न लाग्नुहोला भन्न चाहान्छु मलाई समय दिनुभएकोमा 
    यहाँहरु सबै सबैप्रती आभरी छु र धन्यवाद दिन चाहन्छु मेरो पनि २/४ शब्दराख्ने मौका दिनुभएकोमा तपाईंलाई पनि 
    समय दिनु भएकोमा धेरै धेरै धन्यवाद ।

    प्रतिक्रिया
    थप समाचार