Online Nepal सोमबार, बैशाख १७ २०८१

बाबुरामको टिप्पणीः राष्ट्रिय गौरवको परियोजनालाई भकुण्डो नवनाउँ !

बाबुरामको टिप्पणीः राष्ट्रिय गौरवको परियोजनालाई भकुण्डो नवनाउँ !


मध्यान्तर
  • सोमबार, असोज ८ २०७५

  • फाइल तस्बिर

    काठमाडौं । बूढीगण्डकी जलविद्युत्त आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने सरकारको निर्णयप्रति नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । यसअघि विकास समितिमार्फत् बूढीगण्डकी निर्माण गर्ने अवधारणा अघि सारेका भट्टराईले चिनियाँ कम्पनी गेजुवालाई निर्माणको जिम्मा दिने निर्णय सरकारले गरेसँगै त्यसप्रति आपत्ति जनाएका हुन् ।

    भट्टराइले बूढीगण्डकीजस्तो दीर्घकालीन महत्वको राष्ट्रिय गौरवको परियोजनालाई सरकारपिच्छे फरक निर्णय गरेर लात्ती हान्ने भकुण्डो बनाएको भन्दै ट्विटरमार्फत टिप्पणी गरेका छन् । उनले भनेका छन्–बुढीगण्डकी जस्तो दीर्घकालीन महत्वको राष्ट्रिय गौरवको परियोजनालाई सरकार पिच्छे लात्ती हान्ने भकुण्डो नबनाऊँ! देशी वा विदेशी निजी क्षेत्रले यसलाई बहुउद्देश्यीय रूपमा बनाउन सक्दैन भनेर नै मेरो पालामा राज्यले नै विकास समिति मार्फत बनाउने निर्णय गरी काम शुरू गरेको हो ।

    उनले बुढीगण्डकीमा प्रधामन्त्रीको हस्तक्षेप भन्ने नागरीक न्युजको शिर्षकमा ट्विट गर्दै उक्त टिप्पणी गरेका हुन् । समाचारमा प्रधानमन्त्रीकै विशेष पहलमा मन्त्रिपरिषद्को शुक्रबारको बैठकले बुढीगण्डकी आयोजना गेजुवालाई दिने निर्णय गरेको उल्लेख गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार