Online Nepal शनिबार, बैशाख ८ २०८१

सरकारको नेतृत्व लिनबाट काँग्रेस पन्छिनुहुँदैन

सरकारको नेतृत्व लिनबाट काँग्रेस पन्छिनुहुँदैन


मध्यान्तर
  • शुक्रबार, बैशाख १० २०७८

  • देशमा कोरोनाको महामारी भइरहेको छ । जनता फेरि पहिलेको स्थिति आउन लाग्यो भनेर चिन्तित छन् । तर अहिलेको सरकार खाली सत्ता निकाउन र पार्टी विभाजन तिर अग्रसर छ । हिजो कोरोना कहर सुरु हुँदादेखि नै यो देश र जनताप्रति कहिल्यै संवेदनशीलता भएन । खाली स्वास्थ्य सामाग्री, औषधि खरिद, क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्दा समेत भ्रष्टाचार गर्न तल्लीन रह्यो । अहिले कोरोनाको दोस्रो चरण सुरु हुँदा समेत सरकार गम्भीर हुन सकेको छैन । यस्तो अवस्थामा विपक्षी पार्टीले तत्काल सरकारको विकल्प खोज्नुपर्दछ । अहिले संसदमा कुनै पार्टीको बहुमत छैन र यो सरकार आफै
    अल्पमतमा भइसक्यो । तीन ठूला पार्टी सरकार बाहिर छन् । सत्तारुढ पार्टी नेकपा एमालेभित्र पनि चरम विवाद चलिरहेको छ र यो सरकारलाई निर्धक्क समथृन छैन् । यो बेलामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नयाँ सरकार निर्माणमा अग्रसर हुनु पर्दछ । देशमा संकट परेका बेला काँग्रेसले निकास दिन्छ भनेर आम जनतामा एक पटक फेरि आशा पलाएको छ । जनताका आशालाई काँग्रेसले पूरा गर्न सक्नुपर्दछ । यो सरकारले जे–जे गर्न पर्ने हो, त्यो गरेको छैन । जे–जे नगर्नुपर्ने हो त्यो चाहि गरिरहेको छ । खाली नैतिकहीन र फोहोरी राजनीतिक गतिविधि गरिरहेको छ । अहिले यो सरकारका कारण लामो संघर्ष र बलिदाननबाट प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढिरहेको छ । संविधान विपरीत काम गरेकोले यो सरकारले अहिलेको व्यवस्थालाई सिध्याउने हो कि भन्ने चिन्ता आम जनतामा परेको छ । यो प्राप्त उपलब्धीलाई रक्षा गर्न र देशलाई सो चरण्म बेथितिबाट मुक्त गर्न काँग्रेसले सरकार निर्माण नेतृत्व लिन अग्रसर हुनु पर्दछ । हिजो संसदमा बाइस दललाई मिलाएर संविधान निर्माण गर्न सक्ने काँग्रेस अहिले जम्मा तीन दललाई मिलाउन सकिरहेको छैन, तर इच्छाशक्ति चाहियो । गएको निर्वाचनम काँग्रेसलाइ पाँच वर्ष प्रतिपक्षमा बस्नु भनेर जनताले मत दिएका हुन । तर दुईतिहाइ कम्युनिष्ट सरकारले
    जनताको मतको अपमान ग¥यो र जनताले आज काँग्रेस खोजेका छन् । काँग्रेसलाई यो एउटा अवसर पनि हो । किनकि पाँचवर्षका लागि प्रतिपक्षी भएको तीन वर्षमा नै सत्तापक्ष हुने मौका मिल्नु यो
    अवसरलाई काँग्रेसले जनताका अवसरका रुपमा लिएर यो सरकारको बेथिती, भ्रष्टाचार, अन्याय अत्याचारलाई तत्काल नियन्त्रण गरी सरकारको नेतृत्व गर्नुपर्दछ । अहिले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीबाट सर्वसम्मति रुपमा सरकारको नेतृत्वका लागि निर्देशन दिएको छ । हिजो बहुमत र अल्पमतका आधकारमा निर्णय गर्न काँग्रेस आज सत्ताको नेतृत्वका लागि सर्वसम्मत रुपमा निर्णय गर्न सक्नु यो एउटा सरकारप्रति विरोधको आवाज हो । जनता र अन्य राजनीतिक दलको काँग्रेसप्रति आशा भरोसा र विश्वासलाईे तत्काल काँग्रेसले सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्दछ ।

    प्रतिक्रिया
    थप समाचार