Online Nepal शनिबार, बैशाख ८ २०८१

संविधान र लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा

संविधान र लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा


मध्यान्तर
  • बुधबार, साउन ६ २०७८

  • गएको गतवर्षमा नेपालमा धेरै राजनितिक घटना घटे । ति सबै लोकतन्त्र र संविधान माथी प्रहार थियो । नेकपाको दुई तिहाई सरकार प्रतिपक्ष कमजोर कांग्रेस अनि दम्भ र अंहकारी प्रधानमन्त्री ओलि भएपछि लामो संर्घष वलिदानबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा भइरहेको थियो ।

    कोरोना माहामरी नियन्त्रण बाहीेर हुन , भष्टचार महंगी बढेको बढयै हुनु , देशमा संविधान र कानुन अनुसार भन्दा पनि अध्यादेश मार्फत सरकार सन्चालन हुनु । संसदमा कहिल्यै बहस र छलफल नहुनु अन्तर पार्टी झगडाले जनप्रनिधि संस्था संसद दुई दुई पटक विघटन हुनु र एकलौटी संविधान विपरित सरकार चलाउन केपी ओली हरकदम लागीरहेको थिए तर त्यो अदालतको फैसाले रोकिएको छ ।

    र ओली सरकार बर्हिगमन भएको छ । अव कांग्रेसको काँधमा ओली सरकारले गरेका कुकृत्यहरुलाई परिर्वतन गरी अव संविधान र लोकतन्त्र जोगाउने जिम्मा आएको छ । अब कांग्रेसले गणतन्त्र ल्याउन नेत्तृव ग¥यो । अव यसलाई जोगाउन पनि कांग्रेसले नेत्तृव गनुपर्दछ । ओलीको दम्भले देशलाई यो ठाउँमा पुयायो अब देउवाले यसलाई सहि ट्रयाकमा ल्याउनु पर्दछ । देशमा ठुलो कोरोना संकट छ आर्थिक स्थिति तहश नहश छ यसलाई तत्काल नियन्त्रणमा गर्न सरकारले गर्नुपर्दछ ।

    अहिले सरकार भर्खर बनेको छ । यो सरकारवाट जनताको ठुलो अपेक्षा छ यो अनेक्षालाई देउवा सरकारले पुरा गर्न सक्नुपर्दछ । अहिले लोकतन्त्र नै धरापमा परेको छ । संवैधानिक अंगहरु सरकारको नियन्त्रणमा छ । अव यसलाई स्वायत्त राख्नुुपर्दछ । अघिल्लो सरकारले जेजति संविधान विपरित काम गरेको थियो त्यसलाई रोकि संविधान र लोकतान्त्रिक प्रणली अनुसार सरकार चल्नु र अहिले भइरहेको व्यवाथालाई यस्ता प्रतिगमनकारी तत्ववाट जोगाउनु नै देउवा सरकारको प्रमुख दायीत्व हो ।

    प्रतिक्रिया
    थप समाचार