Online Nepal बिहिबार, बैशाख १३ २०८१

दशैंः नेपाल, भारत र विश्वका हिन्दुहरुको महान चाड हो

दशैंः नेपाल, भारत र विश्वका हिन्दुहरुको महान चाड हो


मध्यान्तर
  • मंगलबार, असोज २६ २०७८

  • –दीर्घराज प्रसाई

    –दीर्घराज प्रसाई
    २०७८ सालको बडादशैं असोज २१ गते घटस्थापनादेखि प्रारम्भ भएर कार्तिक ३ गते पूर्णिमाका दिन बिसर्जन हुन्छ । बडा दशैंको उपलक्ष्यमा घटस्थापनादेखि नवमीका दिनसम्म नेपालका शक्तिपीठहरुमा भक्तजनहरुको जही.तही पनि ठूलो भिड लाग्छ । घटस्थापनादेखि दशमीका दिनसम्म सकेसम्म  सबै शक्तिपीठहरुमा सबै जातका नेपालीहरु आराधनाको लागि पुग्ने गर्दछन् । पाथिभराकी देवीको दशनार्थ झापादेखि ताप्लेजुङ्गसम्म हेलिकेप्टरको व्यवस्था गरिएको छ । गोरखाकी गोरखकाली, मनकामना, पाल्पाकी तानसेन भगवती, पूर्वको पाथिभरा, १३थुमको सिंहवाहिनी, धरानकी दन्तकाली, विराटनरगरकी माइस्थान, राजबिराजकी षखडादेवी, धनुषाकी राजदेवी, वीरगङ्गकी, माईस्थान, बारामा गढीमाई, मकवानपुकी चुरियादेवी, भुटनदेवी, काभ्रेकी चन्द्रेश्वरी तथा पलाञ्चोक भगवती, दोलखाकी कालिङचोक भगवती, काठमाण्डौं उपत्यकाकी गुह्येश्वरी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, मैतिदेवी, शोभा भगवती, संकटा, रक्तकाली, काठमाण्ठडौं र भक्तपुरकी इन्द्रायनी, भक्तपुरकी नवदुर्गा, पाटनकी वंगलानमुखी, हनुमान ढोका–तजेलु भवानी, साँखुकी बज्रयोगीनी, पाटनकी बज्रवाराही, डोल्पाकी त्रिपुरासुन्दरी, वाग्लुङ्गकी माइस्थान, नेपालगञ्जकी बोगेश्वरी, कास्कीकी विन्ध्यवासिनी, डोटीकी शैलेश्वरी, डडेलधुराकी उघ्रतारा, कालिकोटकी बडी मालिकादेवी लगायत नेपालभरका अनेकौ शक्तिपीठहरुको आ–आफ्नै महीमा छ ।
    नेपालीहरु सकेसम्म दशैं मनाउन स्वदेश विदेशमा रहेकाहरु दशै मनाउन आ–आफ्नो घर फर्कन्छन् । वैदिक हिन्दु सनातन धर्महरुमा सर्वश्रेष्ठ महासागर हो जहाँ जो जसरी पनि पौढन सक्छ । वैदिक हिन्दु सनातन धर्म पञ्चदेवका उपाशक हुन्छन् । ॐ कार जगत नै वैदिक हिन्दु पञ्चदेवका उपाशक हुन् । मान्छेलाई संकट परेको बेलामा कुनै न कुनै पाञ्चायन देवी–देवताको संझना गरेको हुन्छ । पाञ्चायन् देवतामा गणेश, देवी, सूर्य, शिव, बिष्णुको पूजा अपरिहार्य हुन्छ । पाञ्चायत देवी–देवताको आराधनाको आ–आफ्न्नैं समय हुन्छ । घटस्थापनादेखि ९ दिनसम्म शक्तिकी प्रतीक भगवतीको आरधाना गर्ने समय हो । हामी सबै हिन्दु तथा बौद्धहरु नेपालमा कुनै न कुनै प्रकारले पाञ्चायन देवी देवताको आराधना गछौं । घटस्थापनादेखि नवरात्रसम्म गरिने नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा हो । देवीपुराणमा–‘रामले आश्विन शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजयदशमीको साइतमा लंकामा रावणको बिरुद्ध युद्ध गर्न प्रस्तान गरेको’ कुरा उल्लेख छ । पद्मपुराणमा उल्लेखछ– ‘चैत्रशुक्ल चतुर्दशीका दिन रामले रावणलाई मारेका थिए ।’ रामले रावणलाई विजया दशमीमा मारेको भन्ने कुरा कुनै पनि पौराणिक ग्रन्थहरुमा भेटिदैन । अनादिकालदेखि शक्तिको प्रतीकको रुपमा ‘दशैं’लाई नेपालका सम्पूर्ण जातिहरुले साझा चाडकोरुपमा मानी आएकाले दशैं नेपालीहरुको लागि सांस्कृतिक एकताको परिचायक बनेको छ । अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्त हुन दुर्गा भवानीले आराधना गरी महिषासुर राक्षस मारेर खुसीयाली मनाएको दिनदेखि विजय दशमीलाई शुभदिनकोरुपमा मानिँदै आइएको छ । असत्य माथि सत्यको विजयको पतीकको रुपमा दशैंलाई सबैको साझा चाड हो ।
    हिन्दु तथा बौद्धहरु दशैलाई राष्ट्रिय चाडको रुपमा मान्छन् । बौद्ध स्तुपमा बौद्ध धर्मवलम्वी परिवारमा उत्साह र उमङ्गसाथ दशैं मनाउँछन् । उनीहरु भन्छन्– ‘भगवान बुद्धले सनातन धर्मलाई मुख्य धर्म भन्नु भएकोछ । पुखौंदेखि मनाउँदै आएका चाडपर्वमा धर्म र राजनीति छिर्न हुन्न ।‘ बौद्ध धर्मावलम्वी चन्द्रमुखी लामा भन्छिन्– ‘दशै राष्ट्रिय धरोहर हो । बौद्ध धर्मावलम्वीले रातो र कतिपयले सेतो टिका लगाउँछन् । जे लाए पनि असत्य माथि सत्यको विजयको संकेत हो ।‘ बौद्धका प्रमुख ७९ बर्षीय ज्ञानीबज्र लामाको स्तुपसँगै जोडिएको घर छ । दशैको बेलामा टीका र जमरासहित आगन्तुकको स्वागत गर्छन् । उनी भन्छन्– ‘हिन्दु परम्पराझैं टीका र जमरा लगाएर दशैं मनाउछौं ।’ यसैगरी नेपालमा बसोवास गर्दैआएका मुस्लिम समूदायले पनि दशैंलाई सम्मान गर्दै आएका छन् । नेपालगञ्जका मुसलमान समूदायले देवीको प्रसाद स्वरुप रातो टिका र पंहेलो जमरा लगाएर दशैं मनाउछन् । यो एउटा धर्मावलम्वीले अर्को धर्मावलम्वीप्रति देखाएको सम्मान हो ।
    तर केही क्रिस्चियन् प्रभावमा परेका जनजातिका अगुवाहरुले अनेकौं काल्पनिक, झुठा किंवदन्तीका तर्कहरु अगाडि सारेर दशैं बहिस्कार गराउने विवाद झिक्ने गर्छन् । तर यसलाई विश्वास गरेर जनजातिभित्र मान्यता गरिएको छैन । दशैं जनजातिको मौलिक चाड होइन’ भन्दै मनोवैज्ञानिकरुपमा बितृष्णा ल्याउन खोजिएकाले आदिवासी जनजातिहरु मध्येका कतिपय लिम्बु,राई,मगर,गुरुङ,तामाङ,थारु र अन्य कमजोर मनस्थिति भएका जनजातिहरुमा अन्योल सिर्जना नभइरहेको पनि छैन । तर यसले कसैको हित गर्दैन भन्ने कुरा सबैले बुझ्न सक्नुपर्दछ । आफ्नो संस्कृति र परम्परामा आगो लगाएर कसैको हित गर्दैन र हाम्रा सांस्कृतिक मान्यताहरु माथि राजनीतिक रँग मिसाएर आक्रमक बन्नु कसैको पनि हितमा छैन, भन्ने कुरा माओवादीले बुझेर पनि बुझ पचाउनु भनेको विश्वको हिन्दु अधिराज्यलाई इसाईकरण गर्नखोज्ने दुस्प्रयास हो । प्रचण्डले ‘दशैं सम्पन्नहरुले मात्र मनाउन सक्ने पुरातनवादी संस्कृतिको उपज हो’ भन्दै दशैं नमान्ने र बहिस्कार गर्ने  निर्देशन किन दिए ? तर स्वदेश–विदेशमा दशै बडो हर्षोल्लासले मनाइयो । तर प्रचण्डको कुरा कसैले मान्यता गरेनन् र गर्ने छैनन् ।
    वास्तवमा युयौदेखि प्रचलीत संस्कृतिलाई वहिस्कारको कुरा गर्नु भनेको समाजबाट एक्लिन खोज्नु सिवाय केही होइन । वहिस्कारका हल्ला जति गरिएता पनि सबै जातिले बुझिसकेको छ कि पृथ्वीनाराण शाह भन्दा शताब्दियौं अगाडिदेखि नैं दशैं र तिहार यस क्षेत्रको हिन्दु तथा बौद्ध तथा सबै जातिको साझा संस्कति बनिसकेको यथार्थता । विदेशमा बस्ने गुरुङ, तामाङ, राई, लिब्बु, मगर, थकाली, थारु, जो नेपाली होस् उनीहरुले दशैं नेपालीहरुको मौलिक चाड हो भन्ने कुरा चरिचार्थ गरेर देखाएका छन् । बाबुराम भट्टराई बुबालाई चित्त बुझाइदिन लाजागाला दशैमा टिका लगाउँछन् । उनका बाबु भन्छन्– छोरो प्रधानमन्त्री भएपनि क्रिस्चियन भएकाले खुसी छैनन् । एकपटक २०६८ सालतिर कोटेश्वरको सभामा नैं उनले त्यस्तो बोलेको थिए भनेर पूर्वमन्त्री  दीनबन्दु अर्यालले सुनाउन भएको थियो । तर यसरी षढयन्त्रात्मक रुपमा यो हिन्दु तथा बौद्ध आस्था माथि आक्रमण गरेर नेपाली जनतालाई इसाईकरण गर्न खोज्नु यो राम्रो कुरा होइन । मुस्लिम र क्रिस्चियनहरु टिका लाउँदैनन् । एमाले नेता झलनाथ आफूलाई कट्टर माक्र्सवादी ठानेर टिका लाउन मान्दैन थिए । पछि मन्त्री  भएपछि इलामका घरघरमा टिका लाउँदै हिँडे । वामदेवले पनि मन्त्री  भएपछि ठाँटले टिका लाए र राजाबाट टिका ग्रहण गरेर गौरव गरेका थिए । सुबास नेम्वाङ पनि त्यस्तै टोपीसम्म नलगाउने कट्टर कम्यूनिष्ट बनेका थिए । पछि सांसद बनेपछि आफ्नो वकील कार्यालयबाट भादगाउँले टोपी ढल्काउदै संसद छिरेका व्यक्ति दौरा,सुरुवाल, टोपीमा ठाँटिएका इसाईका भरिया नैं हुन् । यता माओवादी नेता प्रचण्ड, बाबुराम भट्टराई, कृष्णबहादुर महराहरुलाई दशैं–तिहार बहिस्कार गर्नेमा छन् ।
    हिमवत खण्ड नेपालभित्र र विश्वमा छरिएर बसेका नेपालीहरु तथा भारत, बर्मा, श्रीलंका, इण्डोनेशिया, हङकङ्ग लगायत विश्वका अनेकौं देशहरुका हिन्दु बासिन्दाहरुले आआफ्नै प्रकारले दशैंलाई ठूलो मान्यताका साथ मनाउँदछन् । निधारभरी टिका लाउने चलन दक्षिणबाट यहाँ आएको होइन । लिम्बु,राई,मगर,गुरुङ,तामाङ, थारु जतिले वारपार निधारभरी दहीसँग मुछेर सेतो अक्षताको टिका लाएर विजयदशमीदेखि पूर्णिमाको दिनसम्म बडो हर्षाेल्लासपूर्वक आफूभन्दा ठूला आम, बाबु, ससुरा, सासु, गुरु र अन्य मान्यजनसमक्ष टिका थापेर आशीर्वाद  ग्रहण गर्ने गर्छन् । निधारभरी दहीसँग मुछेर सेतो अक्षताको टिका लगाउने चलन जनजातिहरुबाटै भएकाले आजभोलि पनि जनजातिहरु चाड–पर्व अथवा शुभ-साहितहरुमा सेतै चामलका टिका लाउने गर्दछन् । काठमाण्डौं उपत्यकामा अबिर मिसाएर राता टिका लाउने चलन कहिलेदेखि चलेको हो एकीन गर्न सकिएको छैन । उपत्यका आजभोलि अबिरको रातो टिका लाउने चलन बढेकोछ । उता भारतमा टिका नलगाएर पनि दशैको उत्सव मनाउँछन् ।
    नेपालका केही आदिवासी जनजातिका केही क्रिस्चियन समर्थकहरु समेतले व्यवहारमा खाएर, लगाएर, रमाइलो गरेर बिताउँछन् । पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको अभियानमा काठमाण्डौं उपत्यका विजयपछि कुमारीको टीका ग्रहण गरेर दशैंमा फूलपाती र जमरा गोर्खाकी गोरखकाली मन्दिरबाट फूलपातीका दिन काठमाण्डौमा ल्याउने चलन चलाए । गोर्खाबाट फूलपाती भित्रयाउँदा मगर जातिको पूजारीले मात्र भित्रयाउने चलन छ । विशेष गरेर काठमाण्डौ. उपत्यकामा दशैंलाई ठूलो उत्सवको रुपमा मनाइन्छ । विदेशमा भएकाहरु पनि आ-आफ्ना ठूलाबडाको आशीर्वाद थाप्न दशैंको निहूमा घर आउने गर्छन् । आपसमा झगडा गरेर बोलचाल बन्द भएका नातागोता दशैंको निहुँमा टिका थापेर बोलचाल फुकाउने साइँनो बन्ने गर्छ । बर्षदिनको यो चाडको लागि गच्छे अनुसार साँचेर भएपनि राम्रो लाउने, राम्रो खाने र खुसी मनाउने गर्दछन् । तर दःखको कुरा कतिपय पाढीपिडित, पैरो पीडित, खोलाले लखेटेका, अपहरणमा परेका, विदेशीबाट आउन नपाएका, बाटोको सुविधा नपाएकाहरु, गरीबीबाट ग्रसितहरको लागि दशै दशाको रुपमा पनि चित्रित हुन्छ । तर यस्ता घटनाहरु हामी सबैको नियन्त्रण बाहिरको कुरा हो ।
    दशैंमा पशु बलिको विषयमा धेरैको मतभिन्नता छ । कृष्ण प्रणली, बैष्णम, जैन धर्मावलम्वीहरु पशुबलिलाई अमानवीय विकृति ठान्छन् । डा. गोविन्द टण्डन भन्छन्– ‘विजय दशमीको धार्मिक, सांस्कृति एवं दार्शनिक महत्व अति नैं छ । नवरात्रभरि शक्तिरुपा देवी दुर्गाको विविध स्वरुपको आरधना गरी काम क्रोध, मोह, मद जस्ता दुर्गुणलाई त्याग्न साधना स्वरुप पशुवली गनैृ मुख्य पर्व जस्तो बन्न गएकोले खसीबोका पर्वको रुपमा विकसित हुँदैजानु ज्यादै दुःख छ । धर्मको महत्व, गौरव र शालीनतालाई नैं पशुवलि परम्पराले यस्तो मोडमा धेकेलेको छ ।’ यसै विषयमा डा। रामचन्द्र गौतम लेख्छन् –‘हाम्रा धर्मशास्त्रहरुले राजश,तामस यासात्विक पुजाविधि चयन गर्न अधिकार दिएको छ । बलि नदिइ पनि पुजा गर्न सकिन्छ तर बडादशैंमा आरधना गर्दै महाकाली, महालक्ष्मी र महा-सरस्वती स्वरुपणिी दुर्गा भवानीको लागि वलि आवश्यक छ । देवीहरुको वलिबाट शक्ति आर्जन गर्छन् भन्ने भक्तजनहरुले पनि वलि चढाएर शक्ति आर्जन गर्छन् । राज्य शक्तिको लागि पनि वलि अनिवार्य छ । राज्य शक्ति अथवा प्रभु सत्ता या सरकारका लागि वलि अनिवार्य भएकाले राज्यका तर्फबाट प्राचीनकमलदेखि नैं पशुपक्षीहरको वलि दिने व्यवस्था रहँदै आएको छ ।’ यसरी मतभिन्नता पनि प्रारम्भदेखि नैं हुँदै आएता पनि दशैलाई पशुपक्षीको वलि चढाएर मनाउने र वलि नदिएर फूलपाती चढाएर पनि मनाउने गर्ने गरिएको पनि छ । महादशैंको सन्दर्भमा पञ्चरत्न पांधुश्रेष्ठ लेख्छन्– ‘बलिप्रथा नगर्ने हो भने कुलाचारीको बदला दुराचारीमा परिणत हुनजानेछ । शक्ति साधना मरुल पर्व मानिएको बडादशैंको पूजा विधि हाम्रो मौलिक परम्परा हो । प्रारभ्कि बालदेखि नैं सनातन धर्मको नाममा वेद र तन्त्रको संयुक्त विधिविधान हो यो । पुराणले भनेको छ– मोहले वा अहंकारले दशैं पर्वमा बलि पूजा नगरेमा भगवती रिसाउनु हुन्छ र उसको सर्वनाश हुन्छ ।’ यसरी नेपाली समाजलाई बलि प्रथाले प्रभाव पारेको छ ।
    नेपालका शिव र बौद्धलाई बराबरी मान्यता गरेर पूजाआजामा सहभागी हुने परम्पराले नेपालमा हिन्दु र बौद्धको वीचमा कहिले पनि तनाव मच्चिएन । दशै, तिहार, तीज, बुद्धजयन्ती, शिवरात्री, इन्द्रजात्रा आदिजस्ता चाडपर्वहरु हिन्दु र बौद्धका जीवन पद्धति बनेकाछन् । दशैको यस महानचाडमा असंख्यौं इज्छुक हिन्दु, बौद्ध र कतिपय मुसलमानहरु समेत दशैंप्रति आत्मिएता देखाउँछन् । दशै तिहार जस्ता जीवनपद्धति बनिसकेका चाडपर्वहरुलाई विदेशी प्रयर्टकहरुले पनि बडो महत्व दिन्छन् । अमेरिका,बेलायत,अष्ट्रेलिया, केनाडा, जापान, जर्मन वा विश्वका कुनैपनि राष्ट्रमा रहेका नेपालीहरु बाहुन,क्षेत्री, गरुङ, तामाङ, मगर,लिम्बु, राई, थारु जो हुन् उनीहरु दशैं र तिहारलाई बडो हर्सोल्लासपूर्वक मनाएर आफ्नो देशप्रतिको आत्मियता जगाउँछन् । स्वामी प्रपन्नाचार्य भन्नुहुन्छ –‘दुर्गा, चण्डी र सुम्निमा तथा युसाहाम एउटै देबीको नाम हो । इष्टदेव महादेव, पार्बतीलाई पारुहाङ तथा सुम्निमाको रुपमा मान्ने गरिएकोछ । लिम्बुहरु धाृवासाम,युमासाम भनेर महादेव र पार्बतीलाई इष्ट देवदेवीको रुपमा मान्दछन् । नवदुर्गाको पुजा नवरात्रमा गर्ने अति प्राचीन परम्परा हो ।’ अतः आफ्ना मौलिक सांस्कृतिक मान्यताहरुलाई नेपालीहरु वीचमा पारस्पारिक एकता र सांस्कृतिक पहिचान कायम राख्न हामी सबैमा जिज्ञाशा बढ्नु पर्दछ । । २०७८ सालको विजय दशमीको उपलक्षमा नवदुर्गा भगवतीले स्वदेश तथा  विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले एक आपसमा सुख समृद्धीको कामना आपसमा साटासाट गरौं ।

     

    प्रतिक्रिया
    थप समाचार