Online Nepal सोमबार, बैशाख १७ २०८१

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै


मध्यान्तर
  • मंगलबार, बैशाख ४ २०८१

  • काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ । ।

    केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सहभागी भएको थियो । कांग्रेसले सरकारबाट बाहिरिँदै चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
    सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

    मुख्यमन्त्री यादवले  यस अघि तीन पटक विश्वासको मत लिएसकेका छन् ।

    प्रतिक्रिया
    थप समाचार