Online Nepal बुधबार, बैशाख १९ २०८१

शिक्षामन्त्री सुमनाको पहिरनप्रती ज्ञानेन्द्र शाही टिप्पणी : कलेज फिस ७६ लाख ५४ हजार १५२ रुपैया तिर्न सक्नेले एउटा ३५० को रुपैयाको सट किन्न्न सक्दैनन् ?

शिक्षामन्त्री सुमनाको पहिरनप्रती ज्ञानेन्द्र शाही टिप्पणी : कलेज फिस ७६ लाख ५४ हजार १५२ रुपैया तिर्न सक्नेले एउटा ३५० को रुपैयाको सट किन्न्न सक्दैनन् ?


मध्यान्तर
  • बिहिबार, बैशाख ६ २०८१

  • काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले हालसालै लगाएको पहिरनलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कडा अभिव्यक्ति दिएका छन्  ।

    मन्त्री सुमनाको एउटा तस्विर सामाजिक सञ्जालमा हिजो भाइरल भयो । तस्विरमा मन्त्री सुमनाले लगाएको सर्ट च्यातिएर टालेको जस्तो देखिन्छ । यो तस्विरलाई लिएर समर्थकहरूले उनको ‘सादगीपन’ को प्रशंसा गरेका छन् भने आलोचकहरूले ढोंग देखाएको आरोप लगाएका छन् ।

    शाहीले आज बिहानै फेसकुबमा स्टाटस लेख्दै सुमनामाथि कडा टिप्पणी गरेका छन् । सुमनाले सस्तो लोकप्रियताका लागि नाटक गरेको उनको आरोप छ ।

    शाहीले लेखेका छन्ः

    सस्तो लोकपिरियताको लागि कति नाटक गर्छौ अमेरिकाको MIT University को कलेज फिस ७६ लाख ५४ हजार १५२ रुपैया तिर्न सक्नेले एउटा ३५० रुपैयाको सट किन्न्न सक्दैन रे ?अनि काठमाडौमा फेरि-फेरि गाडी चढ्ने सक्ने र एन्जिओबाट महिनाको ३ लाख तलब खान सक्नेले साथै मन्त्रीकोरुपमा करिब महिना कै ९० हजार तलब खानसक्ने, काठमाडौंको ५ स्टार होट्लमा बिदेशी श्रीमान सँग दिनको २० हजारको डिनर गर्नेले जाबो ३५० रुपैयाँको एउटा सट किन्न सकिँदैन रे ?तिम्रो नाटक एउटाले क्यामरा बोक्ने एउटाले च्यातिएको सट घरबाट लगाएर आउने अनि फोटो खिच्ने र बिदेशमा रहेका केही पैसा खाएर काम गर्ने भक्तेले फोटो हाल्ने र वाव र ग्वाउँ गर्दै भजन गाउने बिचार सोझा साझा जनता लाई उल्लु बनाउने ,तिमहिहरु भन्दा राम्रो नाटक त धुर्मुस सुन्तलीले पनि गर्ने सक्दैनन् ।’

     

     

    प्रतिक्रिया
    थप समाचार