Online Nepal मंगलबार, बैशाख १८ २०८१

लुम्बिनीमा मन्त्रीपरीषद विस्तार, साँझ पाँच बजे शपथ

लुम्बिनीमा मन्त्रीपरीषद विस्तार, साँझ पाँच बजे शपथ


मध्यान्तर
  • बिहिबार, बैशाख ६ २०८१

  • काठमाडौँ । लुम्बिनी प्रदेशमा मन्त्रीपरीषद विस्तार भएको छ ।मुख्यमन्त्री जोखबहादुर महराले आज बिहान मन्त्रिमण्डल बिस्तार गरेका गरेका हुन् ।

    मुख्यमन्त्री कार्यालयमा भएको दलका नेताहरूको छलफलमा मन्त्रालय बाँडफाँट टुङ्गाएको हो

    सहमति अनुसार एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक-एक मन्त्रालय भागबन्डामा परेको छ । विस्तारित मन्त्रिमण्डलमा एमालेका चेत नारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाले अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    बाँकी ६ जना दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भुमिश्वर ढकाल, र रत्नबहादुर खत्रीले विना विभागीय मन्त्रीका रूपमा शपथ लिने भएका छन् । उनीहरूको आज साँझ ५ बजे शपथको हुने भएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार