Online Nepal बिहिबार, बैशाख २० २०८१

जसपाकी हसिना खानले लिइन प्रतिनिधि सभा सदस्यको शपथ

जसपाकी हसिना खानले लिइन प्रतिनिधि सभा सदस्यको शपथ


मध्यान्तर
  • शुक्रबार, बैशाख ७ २०८१

  • काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा)की हसिना खानले प्रतिनिधि सभा सदस्यको शपथ लिएकी छिन्।

    शुक्रबार सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ गराएका हुन्।

    गत चैत २२ गते ललितपुरको बालकुमारीमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकेकी खानलाई समानुपातिक सांसद बनाउन सिफारिस गरेको थियो।

    जसपाकी मञ्जु शर्मा अन्सारीको गत चैत ४ गते निधन भएपछि उक्त पद रिक्त थियो।

     

     

    प्रतिक्रिया
    थप समाचार