Online Nepal शुक्रबार, बैशाख २१ २०८१

गण्डकीका बिनाविभागीय मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

गण्डकीका बिनाविभागीय मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी


मध्यान्तर
  • शनिबार, बैशाख ८ २०८१

  • काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका छन् ।

    गत चैत २५ गते मन्त्रीमा नियुक्त स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र ओवादी संसदीय दलका नेता हरिबहादुर चुमानलाई जिम्मेवारी दिइएको हो ।

    शनिबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीको जिम्मेवारी बाँडफाँड भएको हो । जिम्मेवारीअनुसार चुमानले आर्थिक मामिला र मनाङेले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र आज बिहान प्रदेश प्रमुखको कार्यालयमा पुगेको हो । ९ मन्त्रालय रहेको गण्डकी प्रदेशमा बाँकी ७ वटा मुख्यमन्त्रीले आफैँसँग राखेका छन् ।

    प्रतिक्रिया
    थप समाचार