Online Nepal शुक्रबार, बैशाख २१ २०८१

सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन : आरजु राणा

सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन : आरजु राणा


मध्यान्तर
  • शनिबार, बैशाख ८ २०८१

  • काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणा देउवालेले सहकारी अनुगमनका लागि सरकारले गठन गरेको छानबिन आयोग भरपर्दो नरहेको बताएकी छन् ।

    शनिबार काठमाडौंमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले सहकारीका पीडितहरूलाई न्याय दिलाउने कामका लागि गठित सरकारी छानबिन समिति भरपर्दो नरहेको आरोप लगाइन् ।

    २० वटाभन्दा बढी सहकारी क्षेत्र समस्याग्रस्त हुँदा पनि उक्त समस्या समाधान गर्न सरकार गम्भीर नभएको उनको आरोप छ ।

    सहकारी संस्थाहरूले मान्छेलाई घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको उनले बताइन् ।

    २०७४ सालमा सहकारी जथाभावी खोल्न दिने ऐन बनेपछि सहकारी क्षेत्रमा समस्या भित्रिएको भन्दै त्यसको समाधान गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    थप समाचार