Online Nepal बिहिबार, बैशाख २७ २०८१

सरकारले अध्यादेश ल्याउने सम्बन्धी निर्णय गर्नु लोकतन्त्र र संसदीय अभ्यास विपरीत छ : कांग्रेस

सरकारले अध्यादेश ल्याउने सम्बन्धी निर्णय गर्नु लोकतन्त्र र संसदीय अभ्यास विपरीत छ : कांग्रेस


मध्यान्तर
  • शनिबार, बैशाख १५ २०८१

  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केही महत्त्वपूर्ण कानुनहरुलाई संशोधन गर्न अध्यादेश जारी गर्ने विषयमा गम्भीर आपत्ति जनाएको छ । शनिबार कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गर्दा लगानी सम्मेलनका लागि भन्दै सरकारले अध्यादेश ल्याउने सम्बन्धी निर्णय गर्नु लोकतन्त्र र संसदीय अभ्यास विपरीत रहेको भन्दै निन्दा गरेका छन् । प्रमुख सचेतक लेखकले कानुन निर्माणका लागि संसद्सँग पर्याप्त समय हुँदा हुँदै विज्ञप्ति ल्याउनु अलोकतान्त्रिक काम भएको बताएका छन् ।

    सरकारको यस्तो कार्यले संसद्को महत्त्व, मर्यादा र गरिमा घट्न जाने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै कमजोर हुने प्रमुख सचेतक लेखकको दाबी छ । सरकारले संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने गरी गरेको गैरजिम्मेवार, लोकतन्त्र र संसदीय अभ्यास विपरीत गरेको कामको विरोध गर्दै निन्दा गरेको बताएका छन् । साथै सरकारलाई संसद् छलेर अध्यादेश ल्याउने कार्य गरी संसद्लाई कमजोर नगर्न सचेत समेत गराएका छन् ।

    उनले कांग्रेस समेत सबै विपक्षी दलहरूले सहकारी संस्थाहरूमा लाखौं नागरिकले जम्मा गरेको अरबौँ रकम अपचलन, हिनामिना, दुरुपयोग र ठगी भएको विषयमा छानबिन गर्न र सहकारी पीडितका समस्या सम्बोधन गर्न संसदीय छानबिन समिति माग गरेकोमा उक्त विषयलाई नजरअन्दाज गर्दै सरकारले संसदबाट भागी अधिवेशनको अन्त्य गरी गैरजिम्मेवार र संसदीय अभ्यास विरोधी चरित्र प्रदर्शन गरेको दाबी गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार