Online Nepal मंगलबार, जेष्ठ १ २०८१

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङको अग्रता

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङको अग्रता


मध्यान्तर
  • सोमबार, बैशाख १७ २०८१

  • काठमाडौं ।  इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाइरहेका छन् ।

    फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको १८ हजार ९४८ मत मतगणना हुँदा नेम्वाङले ७६७७ मत ल्याएका छन् ।

    यस्तै नेपाली कांग्रेसका डम्बर खड्काले ५३९५ मत ल्याएका छन् ।

    अर्का पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले पनि मत बढाएका छन् । उनी ४०५८ मतका साथ तेस्रो स्थानमा छन् ।

    रास्वपाका मिलन लिम्बु भने अरु उम्मेदवारभन्दा धेरै पछाडि छन् । उनले ११६२ मत पाएका छन् ।

    उक्त क्षेत्रमा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि शनिबार उपनिर्वाचन भएको हो ।

     

     

    प्रतिक्रिया
    थप समाचार