Online Nepal मंगलबार, जेष्ठ ८ २०८१

ललितपुरको गोदावरीमा डढेलो निभाउने क्रममा २ जना घाइते

ललितपुरको गोदावरीमा डढेलो निभाउने क्रममा २ जना घाइते


मध्यान्तर
  • मंगलबार, बैशाख १८ २०८१

  • काठमाडौँ । ललितपुरको गोदावरीस्थित जंगलमा डढेलो लागेको छ।

    गोदावरी नगरपालिका वडा नम्बर ६ मा रहेको आनन्द जंगलमा सोमबार रातीदेखि डढेलो लागेको थियो।

    जंगलमा लागेको डढेलो फैलिएर नजिकैको कृष्ठरोग अस्पतालसम्म आउन सक्ने भएकोले निभाउन कोसिस गरिएको थियो।

    आगो निभाउन गएका दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शेखर खनालले बताए।

    वनमा लागेको आगो फैलिएर अस्पतालनजिकै आइपुगेकाले बिरामीलाई अन्यत्र सारिएको छ,ु एसपी खनालले भने, ‘दुई जना घाइते हुनुहुन्छ।’

    घाइते भएकाहरूको नाम खुलेको छैन।

    डढेलो नियन्त्रणका लागि प्रहरी टोली र स्थानीय खटिएका छन्। डढेलो नियन्त्रणको प्रयास भइरहेको उनले बताए।

    प्रतिक्रिया
    थप समाचार