Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

कर्णाली सरकारले पायो पूर्णता, ६ मन्त्री नियुक्त

कर्णाली सरकारले पायो पूर्णता, ६ मन्त्री नियुक्त


मध्यान्तर
  • मंगलबार, बैशाख १८ २०८१

  • काठमाडौं । कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ ।

    नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम मंगलबार मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गर्दै पूर्णता दिएका हुन् ।

    आर्थिक मामिला तथा योजना मन्त्रीमा रूकुमपश्चिका महेन्द्र केसी, भूमि व्यवस्था, कृषि सहकारी मन्त्रीमा दैलेखका विनोद शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कालिकोटका दुर्गबहादुर रावत नियुक्त भएका छन् ।

    यस्तै, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा डोल्पाका शेरबहादुर बुढा, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा हुम्लाका रनसिंह परियार, सामाजिक विकास मन्त्रीमा डोल्पाका वीरबहादुर शाही र भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा मन्त्रीमा दैलेखका गौमता विक नियुक्त भएका हुन् ।

    उनीहरूले शपथ पनि लिइसकेका छन् । प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।

    यता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शाहले भने शपथ ग्रहण बहिष्कार गरेका छन् । उनले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री नदिएको भन्दै शपथ ग्रहण बहिस्कार गरेका हुन् । आन्तरिक मामिला तथा कानून मन्त्री भने मुख्यमन्त्री कँडेल आफैले राखेका छन् ।

    यसअघि कर्णालीमा सत्तारूढ दलहरू माओवादी केन्द्र र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगो लाग्न नसक्दा मन्त्रिपरिषद् पूर्ण बनेको थिएन।

     

    प्रतिक्रिया
    थप समाचार