Online Nepal मंगलबार, जेष्ठ ८ २०८१

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै


मध्यान्तर
  • बुधबार, बैशाख १९ २०८१

  • काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ। यो वर्ष ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ विश्वभर श्रमिक दिवस मनाइँदै छ।

    दिवसलाई विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा लिइन्छ।

    मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ।

    सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा यो दिवसको थालनी भएको हो।

     

    प्रतिक्रिया
    थप समाचार