Online Nepal शनिबार, जेष्ठ ५ २०८१

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने


मध्यान्तर
  • आइतबार, बैशाख २३ २०८१

  • काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्  । यसका लागि गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने र विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

    अधिकारी गत चैत २५ गते सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    कार्यसूची तयसँगै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउलान् वा फेरि विवादास्पद घटना होला भन्ने आमसंशय छ ।

    नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)को समर्थनसहित चैत २५ गते एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष निदेवन पेस गरेका थिए । उक्त निवेदनमा एमालेका २२ र माओवादीका आठ प्रदेशसभा सदस्य रहेको उल्लेख थियो । दलका नेताको हस्ताक्षर थियो । मनाङेले भने छुट्टै हस्ताक्षर गरेका थिए ।

     

     

    प्रतिक्रिया
    थप समाचार