Online Nepal शनिबार, जेष्ठ ५ २०८१

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री


मध्यान्तर
  • आइतबार, बैशाख २३ २०८१

  • काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नेछिन् ।

    उनी आजै टोकियो फर्किने कार्यक्रम छ । सन् २०१९ पछि जापानबाट भएको यो उच्चस्तरीय भ्रमण हो । सन् २०१९ मा जापानका तत्कालीन विदेशमन्त्री तारो कोनोले नेपाल भ्रमण गरेका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार