Online Nepal शनिबार, जेष्ठ ५ २०८१

गृहमन्त्री लामिछानेले गरे जिवी राईलाई झिकाइदिन मलेसियाका गृहमन्त्रीसँग आग्रह

गृहमन्त्री लामिछानेले गरे जिवी राईलाई झिकाइदिन मलेसियाका गृहमन्त्रीसँग आग्रह


मध्यान्तर
  • आइतबार, बैशाख २३ २०८१

  • काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई नेपाल फिर्ता पठाइदिने वातावरण बनाउन मलेसियाका गृह मन्त्रीलाई आग्रह गरेका छन् । दुई नेताबीचको टेलिफोन संवादमा मलेसियाका गृहमन्त्री सिफुद्धिन नासुसन बिन इजमाललाई यस्तो आग्रह गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    उपप्रधान एवम् गृहमन्त्री लामिछानेले नेपालमा सहकारी ठगेर मलेसियामा आश्रय लिइरहेका राईलाई जसरी भएपनि नेपालमा बुझाइदिन मन्त्री इजमाललाई आग्रह गरेका थिए । नेपालको सो आग्रहमा मलेसिया सकारात्मक रहेको पनि गृहमन्त्रालयले जनाएको छ।

    टेलिफोन कुराकानीमा गृहमन्त्री लामिछानेले मलेसियामा रहेका नेपाली श्रमिकको सुरक्षाका बारेमा पनि त्यहाँका गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।

    प्रतिक्रिया
    थप समाचार