Online Nepal आइतबार, जेष्ठ ६ २०८१

अहिलेको संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री

अहिलेको संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री


मध्यान्तर
  • सोमबार, बैशाख २४ २०८१

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधान अझै पूर्ण नरहेको बताएका छन् ।

    सोमबार काठमाडौंमा आयोजित बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा ऐन, शुभारम्भ तथा भाषा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न मुख्य रूपमा संघर्ष गर्दै आए पनि अझै पूर्णता पाउन नसकेको बताएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले इमानदार भएर संघर्ष गरिरहने हो भने संविधानमा स्थापित गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जाने बताए । उनले सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो पनि असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन आग्रह पनि गरे र

    प्रधानमन्त्री प्रचण्डले नेपाली समाजको विशेषता र सामाजिक बनावट अनुसार सबै वर्ग, जाति, क्षेत्र, लैङ्गिक र समुदायको पहिचान तथा अधिकारका लागि आफूले संघर्ष गर्दै आएको बताए । उनले भाषा आयोगमा नेवार समुदायलाई बुझेको दक्ष व्यक्ति राख्ने प्रतिबद्धता पनि जनाए ।

    प्रतिक्रिया
    थप समाचार