Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उपेन्द्र यादवले बोलाए संसदीय दलको बैठक

उपेन्द्र यादवले बोलाए संसदीय दलको बैठक


मध्यान्तर
  • मंगलबार, बैशाख २५ २०८१

  • काठमाडौं  जनता समाजवादी पार्टी((जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले ससदीय दलको बैठक बोलाएका छन्  । उनी विदेशमै भएको बेला अशोक राईको नेतृत्वमा बहुमत सदस्यले पार्टी फुटाएपछि यादव भ्रमण छोट्याएर गएराति फर्किएका हुन् ।

    कतार एयरवेजको जहाजबाट राति १ बजे नेपाल आइपुगेका थिए । उनी न्यूयोर्कस्थित यूएन सेक्रेटरियटमा आयोजित विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा भाग लिन गत शनिबार त्यता गएका थिए ।

    अहिले बिहान बस्ने बैठकमा पार्टी विभाजनपछिको अवस्था र सरकारमाथिको समर्थनलगायतका विषय साथै भावी रणनीतिबारे निर्णय लिइने उनले बताए ।

    अशोक राईले प्रतिनिधिसभाका १२ मध्ये ७ सांसद र ३० केन्द्रीय सदस्यको हस्ताक्षरमा नयाँ पार्टी जसपा दर्ता गरिसकेका छन् । अब उपेन्द्रसँग प्रतिनिधिसभामा ५ जनामात्रै सांसद छन् ।

     

    प्रतिक्रिया
    थप समाचार