Online Nepal आइतबार, जेष्ठ ६ २०८१

गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसको रिट

गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसको रिट


मध्यान्तर
  • मंगलबार, बैशाख २५ २०८१

  • काठमाडौं । नेपाली कांग्रेसले गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

    विश्वासको मत लिँदा प्रदेश सभाको बुहमतको गणना अवैधानिक रुपमा गणना गरेर विश्वासको मत पाएको घोषणा भएपछि कांग्रेस सर्वोच्च अदालतमा पुगेको हो ।

    कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा अधिकारीले लिएको मतको अवैधानिक रहेकाले अब ठूलो दलको हिसाबले मुख्यमन्त्रीमा नियुक्तिका लागि पाण्डेले परमादेश जारीको माग गरेका छन् ।

    मुख्यमन्त्री अधिकारीले गत आइतबार प्रदेश सभामा विश्वासको मत लिएका थिए । ६० सदस्यीय प्रदेश सभामा ३० मत अधिकारीले पाएका थिए ।

    बुहमत पुग्नका लागि ३१ मत हुनुपर्ने कांग्रेसको तर्क छ । तर प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको आदेशअनुसार भन्दै ३० मतले नै बहुमत पुग्ने गणना गरेका थिए ।

    उनले बराबरी भएको अवस्थामा सभामुखले मत दिन पाउने अधिकार समेतको ख्याल गर्न भन्दै उनले अधिकारीले बहुमत प्राप्त गरेको घोषणा गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार