Online Nepal आइतबार, जेष्ठ ६ २०८१

जसपा नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दै

जसपा नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दै


मध्यान्तर
  • बुधबार, बैशाख २६ २०८१

  • फाइल फोटो

    काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दै छ ।

    पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्नेछ ।

    अशोक राईको नेतृत्वमा सात जना सांसद अलग भई गठन भएको जनता समाजवादी पार्टी (जसपा) सोमबार निर्वाचन आयोगमा दर्ता भएको थियो । तर संसदको बर्खे अधिवेशन आह्वान भइसकेको, दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र बहुमत केन्द्रीय सदस्य संस्थापन पक्षमै रहेको जिकीर गर्दै जसपा नेपालले आयोगको निर्णय कानुन विपरीत रहेको तर्क गर्दै आएको छ ।

    मंगलबार बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकले दल विभाजनविरुद्ध कानुनी उपचार खोज्ने निर्णय समेत गरेको थियो । सो निर्णयलाई आजको केन्द्रीय कार्यकारिणी समितिको बैठकले औपचारिकता दिने छ । बैठकपछि पत्रकार सम्मेलन गरेर आधिकारिक धारणा सार्वजनिक गरिने जनाइएको छ।

    पत्रकार सम्मेलन पार्टीको बैठकपछि बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमै आयोजना गरिने भएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार