Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नयाँ समीकरण बनाउन हतार गरेका छैनौँ : रमेश लेखक

नयाँ समीकरण बनाउन हतार गरेका छैनौँ : रमेश लेखक


मध्यान्तर
  • बुधबार, बैशाख २६ २०८१

  • काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका छन् ।

    आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सचेतक लेखकले अहिलेको समीकरण गराउन हतार नगरेको स्पष्ट पारे ।

    “राजनीतिमा निरन्तर संवाद हुन्छ, पहिलो दल भएकाले अरू दलसँग निरन्तर संवाद हुन्छ, स्वभाविक हो,” उनले भने । उनले एमालेसँग मिलेर सरकार बनाउन ठोस संवाद नगरेको बताए । “आमजनताको धारणा एमालेसँग मिलेर सरकार बनाउनुपर्छ भन्ने छ, त्यो कांग्रेस र एमालेभित्र पनि छ तर, सरकार बनाउने तहमा एमालेसँग संवाद कांग्रेसको भएको छैन,” उनले भने ।

     

    प्रतिक्रिया
    थप समाचार