Online Nepal सोमबार, जेष्ठ ७ २०८१

कांग्रेस संसदीय दलको बैठक स्थगित

कांग्रेस संसदीय दलको बैठक स्थगित


मध्यान्तर
  • बिहिबार, बैशाख २७ २०८१

  • काठमाडौँ ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित गरिएको छ ।

    केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको आज अन्त्येष्टि गरिने भएकाले बैठक भोलि बिहानलाई सारिएको हो । गुरुङको दुई दिनअघि निधन भएको थियो ।

    कांग्रेसले आज १ बजे संसदीय दल कार्यसमिति र २ बजे संसदीय दलको बैठक राखेको थियो । बैठक भोलि बिहान ८ र साढे ८ बजे बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हलमा बस्नेछ ।

     

    प्रतिक्रिया
    थप समाचार