Online Nepal सोमबार, जेष्ठ ७ २०८१

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्यले सपथ लिए

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्यले सपथ लिए


मध्यान्तर
  • बिहिबार, बैशाख २७ २०८१

  • काठमाडौँ ।बझाङ क्षेत्र नं (१) मा भएको उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए।

    वैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरेका थिए।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए।

    २०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य एवं तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको गत वर्ष असारमा सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो।

    प्रतिक्रिया
    थप समाचार