Online Nepal शनिबार, साउन १२ २०८१

नेपाली कांग्रेस पाँचपोखरी थाङ्ङ्गपालद्धारा बिभिन्न माग सहित गाउँपालिकामा बुझायो ज्ञापनपत्र

नेपाली कांग्रेस पाँचपोखरी थाङ्ङ्गपालद्धारा बिभिन्न माग सहित गाउँपालिकामा बुझायो ज्ञापनपत्र


मध्यान्तर
  • सोमबार, बैशाख ३१ २०८१

  • काठमाडौँ । नेपाली कांग्रेस पाँचपोखरी थाङ्ङ्गपाल गाउँपालिकाले बिभिन्न माग सहित गाउँपालिकालाई ज्ञापनपत्र पेश गरेको छ । आइतबार गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीलाई ७ बुँदे माग सहित ज्ञापनपत्र पेश गरिएको नेपाली कांग्रेस पाँचपोखरी थाङ्ङ्गपाल गाउँपालिका सभापति प्रेम दोङ्गले जानकारी दिए ।

    उनले केही समय अगाडि देखि पालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरू लगायतका पालिका संचालनमा प्रत्यक्ष संलग्न व्यक्तित्वहरुको लापरबाही, मनोमानी, पक्षपातका गुनासोहरु जनस्थरबाट आईरहेको र कतिपय लापरबाहीका घटनाहरु निरन्तर घट्दै गईरहेको विषयहरूमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए ।

    यस्तै पालिका भित्रका बेथिति, लापरबाही तथा भ्रष्टाचारका विषयहरुलाई गम्भीरताकासाथ समाधान गर्न पालिका स्थरिय सर्वदलीय छानबिन समिति तल्काल गठन गरि तात्कालिन समस्या समाधानको छलफल तथा प्रक्रिया अगाडि बढाउन जोडदार माग गरीएको समेत बताए।

    प्रतिक्रिया
    थप समाचार