Online Nepal आइतबार, असार २ २०८१

सिरोहिया पक्राउ प्रकरणमा ओलीले भने – देशमा सबै कानुन मातहत छन्, रुवाबासी गर्नुपर्दैन

सिरोहिया पक्राउ प्रकरणमा ओलीले भने – देशमा सबै कानुन मातहत छन्, रुवाबासी गर्नुपर्दैन


मध्यान्तर
  • बिहिबार, जेष्ठ १० २०८१

  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा ह्यु एण्ड क्राइ (रुवाबासी) गर्नुनपर्ने बताएका छन्।

    झापामा बुधबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सिरोहिया पक्राउमा ‘ह्यु एण्ड क्राई’ गर्नुपर्ने विषय नभएको बताएका हुन्। ‘जस्तो ह्यु एण्ड क्राई भन्छन् नि१ त्यो भइराखेको छ। त्यो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई। विवादको विषय हुन सक्छ। जन्मकैद गर्न खोजेको होइन। सञ्चारमाथिको हमला भनेर !,’ उनले भने, ‘पत्रकारमाथि फौजदारी अभियोग छरु मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ। किन यस्तो समाचार प्रकाशित गर्‍योरु किन यस्तो बोल्यो भन्ने विषय त होइन। विषय अर्कै छ। फौजदारी कुरा होला। यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो ?

    उनले मन्त्री, ‘उपप्रधानमन्त्री समाउँदा अनेक हुँदा प्रजातन्त्र खतरामा नपर्ने’ भनेर प्रतिप्रश्न गर्दै एक जना मिडिया हाउसका मानिस गिरफ्तार हुँदैमा गलत व्याख्या गर्न नहुने बताए। ‘कोही समाउँदाखेरि, मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरी हल्लिन, कराउन, दुनियाँ गर्न नपर्नेरु डेमोक्रेसी कसरी खतरामा परिहाल्यो तरु एकजना मिडिया हाउसका मानिस गिरफ्तार भएरु सही हो या गलत म त्यता जान चाहन्नँ। टाइमिङ ठीक भयो कि भएन त्यो बेग्लै कुरा होला तर डेमोक्रेसी नै खतरा परिहाल्यो तरु के अब सञ्चारका हक खोसिएकै हुन् तरु यस्तो गलत व्याख्या उपयुक्त हुँदैन। जे यथार्थ हो त्यही गर्नु राम्रो हुन्छरु,’ उनले भने।

    उनले के लेखेको भरमा सिरोहियालाई पक्राउ पुर्जी जारी गरेको होरु भन्दै प्रतिप्रश्न पनि गरे। ‘के लेखेको आरोप उनीमाथि लागेको छरु म त यता छु कि, के लेखेको विषयमा उनीमाथि यसरी कारबाही भयो तरु के लेखेको विषयमा गिरफ्तारी भनेको छ सरकारलेरु अहिले गिरफ्तारी लेखेको विषयमा हो ररु त्यस्तो गलत व्याख्या चाहिँ उचित हुँदैन,’ उनले भने।

    देशमा सबै कानुन मातहत छन् भन्ने कुरा सबैले बुझ्नु र मान्नुपर्ने उनको भनाइ थियो। नागरिकता सम्बन्धी अभियोगमा उनलाई प्रहरीले गिरफ्तार गरेको छ। मुद्दा धनुषा जिल्ला अदालतमा विचाराधीन छ। मंगलबार पक्राउ परेका सिरोहियालाई बुधबार तीन दिनको म्याद थप गरी धनुषा प्रहरीले हिरासतमा राखेको छ।

    प्रतिक्रिया
    थप समाचार