Online Nepal शनिबार, साउन १२ २०८१

भाजपा र माेदीकाे लाेकप्रियता घट्यो : बहुमत पनि गुम्याे

भाजपा र माेदीकाे लाेकप्रियता घट्यो : बहुमत पनि गुम्याे


मध्यान्तर
  • बुधबार, जेष्ठ २३ २०८१

  • भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम भारतीय निर्वाचन आयाेगले सार्वजनिक गरेको छ । कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) २४० सिटमा विजय हासिल गरेको छ । भाजपाले अघिल्लो चुनावको भन्दा ६१ सिट गुमाएको छ।

    भाजपा गठबन्धनले भने २९२ सिट जितेका छन। प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस ९९ सिटमा विजयी हात भएको छ । यसअघि ५२ सिटमात्र जितेर खुम्चिएकाे थियाे। राष्ट्रिय कांग्रेसले गत चुनावको भन्दा ४७ सिट बढी जितेर आफुलाई केही बलियाे बनाएको छ । कांग्रेस गठबन्धनले २३४ सिट ल्याएर राम्रो जित हासिल गरेकाे छ। यसैगरी समाजवादी पार्टीले ३७ सिट, अल इन्डिया तृणमुल कांग्रेसले २९, द्रविड मुन्नेत्र कजगमले २२ सिट तथा तेलुगु देसामले १६ र जनता दल (एकीकृत)ले १२ सिट जितेको छ । कम्युनिष्टहरूकाे सिट संख्या घटेर कमजाेर भएका छन। तीन वटा कम्युनिष्ट घटकले ८ सिट जितेका छन। याे चुनाव मतपरिणामले भाजपा र नेता माेदीकाे पहिलेकाे तुलनामा जनमत घटेकाे छ।

    भारतमा वर्तमान प्रधानमन्त्री नरेन्द्र माेदीकै नेतृत्वमा भाजपा गठबन्धन दलकै सरकार बन्ने लगभग निश्चित जस्तै छ। उनलाई चुनावमा सहयाेग गर्ने गठबन्धन दलले सरकार बनाउन सहयाेग गर्ने भएका छन। राष्ट्रिय कांग्रेसले पहिलेकाे निर्वाचनमा भन्दा राम्रो जित हासिल गरेकाे छ। तर पनि राष्ट्रिय कांग्रेसले सरकार बनाउन सक्ने गरि राहुँल गान्धीकाे गठबन्धनले बहुमत सिट जित्न सकेन। सशक्त प्रतिपक्षकाे भूमीका निर्वाह गर्न भने सक्ने भएकाे छ। याे मत परिणामले भाजपालाई संविधान संशाेधन गरेर धर्मनिरपेक्षता हटाउन गाह्रो हुने भएकाे छ। सरकार सञ्चालन, ऐन कानुन ल्याउन र संशोधन गर्न भने सहज हुने देखिएकाे छ।

    किशोर शर्मा ।

    प्रतिक्रिया
    थप समाचार